शनिबार, साउन १६ २०७८
काठमाडौं ०३:००
वासिङटन डिसी 17:15

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि प्रयत्नशील रहन्छु: नवनिर्वाचित राष्ट्रपति

इनेप्लिज २०७२ कार्तिक ११ गते १४:३४ मा प्रकाशित

Rss_Images_1446039605012_RS-KTM-president Bhandari-7काठमाडौँ, ११ कात्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरबाट निस्कने क्रममा सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधानको कार्यान्वयन गर्दै मुलुकसामु तेर्सिएका समस्याको मिलेर समाधान गर्नुपर्नेेमा जोड दिनुभयो ।

भण्डारीले भन्नुभयो, “मुलुकको हित नै मेरो सर्वाेपरी हित हो । मुलुक र जनताप्रतिको जिम्मेवारी पूरा गर्नेछु ।”

उहाँले नयाँ लोकतान्त्रिक संविधान लागू भएपछिको राष्ट्रपतिको निर्वाचनमा आफूलाई विजयी गराएकामा सबै दल, सांसद र जनतालाई धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया