आइतबार, साउन १० २०७८
काठमाडौं ०५:४०
वासिङटन डिसी 19:55

भूकम्पका कारण पाकिस्तान र अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या ३३९ पुग्यो

इनेप्लिज २०७२ कार्तिक ११ गते २:१० मा प्रकाशित

TOPSHOTS-PAKISTAN-QUAKEपेशावर (पाकिस्तान), ११ कात्तिक । अफगानिस्तानमा सोमबार आएको शक्तिशाली भूकम्पका कारण पाकिस्तानमा २५८ जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण अफगानिस्तानमा ७८ जनाको मृत्यु भएको यहाँको सरकारले जनाएको छ ।

यस्तै भारत प्रशासित काश्मिरमा अहिलेसम्म तीन जनाको मृत्यु भएको समाचार छ ।

भूकम्पका कारण पाकिस्तानमा दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने चार हजार घर पूर्ण रुपमा भत्किएका बताइएको छ ।

त्यस्तै अफगानिस्तानमा भूकम्पका कारण ७८ जना मृत्यु भएको छ भने घटनामा ४६६ जना गम्भीर रुपमा घाइते भएका छन् । अफगानिस्तानमा एक हजार पाँच सयभन्दा बढी घर भत्किएका छन् ।

अफगानिस्तानको हिन्दकुस पर्वत इलाकामा केन्द्र विन्दु भई सोमबार गएको ७.५ रिक्टर स्केटको भूकम्पमा परी मारिएका व्यक्तिको मृतकको सङ्ख्याका साथै क्षतिको विस्तृत विवरण भने अmभैm पनि प्राप्त भई नसकेको बताइएको छ ।

अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये करिब एक दर्जन प्रान्तमा ठूलो मात्रामा हताहती भएको बताइएको छ ।

प्रारम्भिक समाचार अनुसार यस भूकम्पबाट अफगानस्तिानको बादखसान, तखार नानगार्हार र कुनार प्रान्तमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको जनाइएको छ ।

टेलिफोन लाइन र अन्य सञ्चारमाध्यको सम्पर्क पनि विच्छेद भएको हुनाले अन्य विस्तृत विवरण भने प्राप्त हुन कठिनाई भएको बताइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार यो भूकम्प ७.५ रिक्टर स्केलको मापन गरिएको भुकम्पमा अफगानिस्तानको दुर्गम क्षेत्रमा रहेको उत्तरी तखार प्रान्तमा एक बिद्यालय भवन भत्किँदा त्यहाँबाट भाग्न खोजेका १६ बर्ष भन्दामुनिका करिब एक दर्जन बालिकाको मृत्यु भएको जनाइएको छ ।

सोमबारको भुकम्पका कारण अफगानिस्तान र पाकिस्तानका पहाडी ईलाकामा पहिरोको प्रकोप पनि बढेको बताइएको थियो ।

अफगानिस्तानमा यसअघि पनि सन् २००५ को अक्टोबरमा यस्तै शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी सात हजार ५०० नागरिक मारिएका थिए । साथै सो भूकम्पले गर्दा ३५ लाख नागरिक घरबारबिहीन बनेका थिए ।

प्रतिक्रिया