शुक्रबार, साउन २२ २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

व्यक्ति, पार्टी, र देश

इनेप्लिज २०७२ कार्तिक १० गते ३:१८ मा प्रकाशित

bishwa subba

देङ्ग स्याओपिङ्गको नाम संसारमा कमैले सुनेका होलान जति माओ त्से तुंगको नाम सुनेका छन्। तर कमैलाई थाहा होला आजको चीन माओको कारण नभई त्यही ४’ ११” छोटा कदका उच्च नेताका कारण भएको हो। एक किसानको परिवारमा हुर्केका र फ्रान्समा पढेका देङ्ग एक दूरदर्शी र यथार्थवादी नेता थिए। सन् १९५०को दशकको अन्त्य तिर माओको बलपूर्वक लादन खोजिएको कम्युन अर्थतन्त्रमुखी “लामो छलांग” कार्यक्रम चीनको २०औ सताब्दीकै ठूलो कृतिम दुर्घटना भएको देंगले नजिकैबाट देखेका र भोगेका थिए। स्टालिनको सिको गर्दै २-४ बर्षमै चीनलाई आधुनिक औधोगिक राष्ट्र बनाउने माओको कल्पनाले सिर्जित भयङ्कर भोकमरीबाट २ देखि ३ करोड चिनियाँ जनता मरेका थिए।

देशलाई भबिष्यमा यस्तो बहुलट्ठी कार्यक्रमबाट बचाउन देंगले माओ र पार्टीको आधिकारिक लाइन बिपरित बजारमुखी अर्थतन्त्रको वकालत गरे जसका कारण माओको आँखाको कसिंगर बन्नु पर्यो। १९६६ ताका सुरु भाको “सांस्कृतिक क्रान्ति” का बिरोधी देंगलाई माओको आदेशमा १९६९ तिर ४ वर्षसम्म एउटा बिकट गाउँमा फ्याक्ट्रीको कामदार बन्न कठोर सजाय दिइयो। पटक पटक माओ र पार्टीको कठोर सजाय भोगेका देङ्गले कहिले आफ्नो “विचार” आधारभूत रूपमा गल्ति भएको स्वीकारेनन्। माओको र पार्टीको दाइने परिन्छ भनेर कहिले “विचार” बदलेनन। उनको दिमागमा चीनको भविष्य कोरिएको थियो। कुनै नेता र पार्टीभन्दा उनीलाई देशको भविष्यको बढी चिन्ता थियो। त्यसको लागि उनि निरङ्कुश माओ र उनको एकछत्र पकडमा रहेको पार्टीको जस्तो सुकै सजाय भोग्न तयार थिए। अन्तमा १९७६ तिर माओको निधनपछि पार्टी उनको हातमा पर्यो।

अनि पार्टी संगै देश उनको हातमा पर्यो। १९७८ देखि १९९२ सम्म उनको निर्देशनमा पार्टीलाई देशको “बजारमुखी” आर्थिक क्रान्तिमा होमियो। साम्यवादी राजनीतिक व्यस्था तर व्यक्तिगत सम्पतिको हक सहितको “बजारमुखी” अर्थतन्त्रको जग बसालेर देंगले चीनलाई आजको चीन बनाउन ठूलो योगदान दिए।

उनी बिना आजको संसारकै ठूलो अर्थतन्त्र, चीन, कल्पना गर्न असम्भव छ। देङ्ग एक उदाहरण हुन्। व्यक्ति र पार्टीभन्दा माथि उठेर देशको लागि सोच्ने नेताहरु इतिहासमा धेरै छन्। नेपालमै पनि २०३६सालको जनमत संग्रहमा व्यापक धाँधलीका बाबजुद पनि वी.पी. कोइरालाले देशलाई राजनीतिक संकट र सम्भावित बैदेशिक हस्तछेपबाट जोगाउन पार्टीको हार स्वीकार गरेका थिए।

आफू र पार्टीभन्दा माथि उठेर देशको लागि सोचने वी.पी.ले एक सच्चा राजनेताको उदाहरण दिएका थिए। एउटा जाबो कुर्सिको लागि हरेक मौकामा बैदेशिक हस्तछेप निम्त्याउने अनि हुँदा हुँदा देशको स्वाधिनता र सार्भभौमिकतानै विदेशीलाई सुम्पन तयार हुने आजका हाम्रा नेताहरुले पर हैन आफ्नै देशका वी.पी. कोइराला र मदन भण्डारीजस्ता नेता हेरे हुन्छ। आजको हाम्रो राजनीति इतिहासकै जटिल अनि निच्च बिन्दुमा छ भन्दा अत्युक्ति नहोला।

बिचारको राजनीति नभई आफ्नो निहित स्वार्थबाट प्रेरित साम्प्रदायिक भावनाको राजनीति गर्ने केही अराजक र गैरजिम्मेवार नेताहरुको पिछलग्गु भई मोदीको वी. जे. पी. सरकारबाट इतिहासमै नेपालमाथि भारतको “आधारहीन” ठाडो हस्तछेप भाको छ जसबाट नेपाली आम जनताको पेटमा बज्रपात परेको छ। यो राजनीतिक कुकर्म मात्र नभई एउटा अमानविय कुकर्म बनेको छ।

जनताको मतको सच्चा आदर गर्ने पार्टी र सरकारले जनताकै बहुमतबाट निर्देशित अर्को सरकारमाथि यस्तो कदम कहिले चाल्न सक्दैन। हुन त राजनीतिक विचार भन्दानी उग्र धार्मिक विचार बोकेको पार्टीबाट लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था र प्रणालीको सम्मान खोज्नु अरु केही नभई मुर्खता हो। यसको परिणाम त भारत भित्र नै देखिदैछ। बिगत केही हप्ता भित्र नेपालमा ठूलै राजनीतिक उथलपुथल भए। एक दुइ जना शिर्ष नेताहरुको धेरै छोटो विचार अनि सीमाबिहिन स्वार्थका कारण नेपाली काँग्रेसले इतिहासमै निक्रिस्ट कर्म गर्न पुग्यो जसको जति गरे नि निन्दा कम होला। यो कर्म को फल नेपाली काँग्रेसले भोग्नु पर्नेछ।

यो गल्ति कति गहिरो हो भन्ने कुरा समयले देखाउने छ। दुर्भाग्य त के भने ती एक दुई जना नेताहरु र तिनका आसेपासेका व्यक्तिगत स्वार्थका कारण पुरै पार्टी अनि पार्टीका सच्छा अनि इमान्दार नेता देखि कार्यकर्ता सम्म सजायको भागिदार बन्नुपर्नेछ। आज ति इमान्दार नेता अनि कार्यकर्ताको शीर झुकेको छ। राष्ट्रिय स्वार्थको बिषयमा नेपाली काँग्रेस नराम्ररी चुकेको छ। नेपाली काँग्रेस माथि आस्था राख्ने मात्र नभई लोकतन्त्रमाथि आस्था राखने जो कोहि एक सच्चा लोकतन्त्रबादीको मन दुखेको छ। किनकि जसले जे भने पनि नेपालमा लोकतन्त्र र स्वतन्त्र बिचारको बिजारोपण नेपाली काँग्रेसले नै गरेको हो। नेपाली काँग्रेस र लोकतन्त्र पर्यायबाची हुन्। हुन त गिरिजा प्रसाद कोइरालाको पालादेखि नेपाली काँग्रेसले बाटो बिराएकै हो। व्यहारमा लोकतन्त्रको उपहास गरेकै हो। तर पनि नेपाली काँग्रेस को वास्तविक पहिचान भनेकै

देशनै नरहे के पार्टी, के नेता, के जनता। नेपाली काँग्रेसले यो सामान्य बिबेक पनि गुमायो। देशभन्दा पार्टी, अनि पार्टी भन्दा व्यक्तिको स्वार्थमा नेपाली काँग्रेस फस्यो। सत्यको त कुरै छोडौं। एउटा सामान्य बुद्दि पनि गुमायो। स्वार्थको पराकाष्ठा नै नाघ्यो। अन्त्यमा एउटा अत्यन्त गैरजिम्मेवार पार्टी भयो, त्यो पनि यस्तो राष्ट्रिय संकटको बेला जति खेर देश जीवन र मरणको जस्तो स्थितिमा छ। यस्तो गैरजिम्मेवार, लालची, अनि मुर्ख कदम त कहिले उठाको थिएन नेपाली काँग्रेसले। गिरिजा प्रसाद कोइरालाले पनि कमसेकम राष्ट्रिय स्वार्थको मामलामा कहिले भारतसंग झुकेनन्। आज आएर यस्तो लज्जास्पद र निक्रिस्ट कार्य गर्दा नेपाली काँग्रेसले देश र जनतामाथि बिस्वासघात गरेको छ। यसको पार्टीले आत्मालोचना गर्नु पर्छ। देश र जनता संग छमा मागनु पर्छ। राष्ट्रिय एकताको लागि एमालेको सरकारमा आई जिम्मेवार बहन गर्नु पर्छ।

तर दुर्भाग्यबस तेसो गर्नु को साटो प्रतिपक्षमा बसेर एमालेलाइ “खुच्चिङ्ग” गर्ने मौका पर्खेर बसेको नियत देखिन्छ। माओबादी त जिम्मेवार भएको बेला नेपाली काँग्रेस नराम्ररी चुकेको छ। यो नेपाली काँग्रेसको ऐतीहासिंक भूल हो।पहिलो त बिगत दुई वर्षसम्म के. पी. ओलीको एक्लो अडानमा एमालेले नेपाली काँग्रेसको सरकारलाई चट्टान सरहको समर्थन दिएको थियो। त्यो ऋण नेपाली काँग्रेसले तिर्नु पर्थ्यो। यो सत्यको बाटो पनि थियो।

दोश्रो, जसले जे भनेपनि अहिले राष्ट्रिय हितको मामलामा के. पी. ओली जति अडान लिन सक्ने र नेतृत्व दिन सक्ने नेता कोहि छैनन्, चाहे पाका हुन् या युवा। जसरि आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर के. पी. ओलीले राष्ट्रिय सरकार र एकताको लागि काँध थापे, त्यसरी नेपाली काँग्रेसका कोहि नेताले गर्न सकेनन। उनकै पार्टीमा पनि उनि जस्ता नेता सायदै छन्। हो के. पी. ओलीका धेरै अवगून छन् तर राष्ट्रिय स्वार्थको लागि अरुभन्दा उनि बढी ठिक देखिए।

नेपाली काँग्रेसले उनलाई समर्थन नगर्नु ठूलो भूल हो। तेस्रो, नेपाली काँग्रेसक केहि नेताहरुले देश र जनता भन्दा माथि भारतको आशिर्वादलाई माने। जनतको मत त जसरि नि पाइन्छ तर भारतको आशिर्वाद नपाई कुर्सि पाइन्न भन्ने विचार बोकेर ठूलो लालच र मुर्खता देखाए। आँखिर त्यो भ्रम के. पी. ओलीले तोडिदिए। एकै झट्कामा नेपाल-भारत सम्बन्धको इतिहासमा नया पाना पल्टाईदिए। आशा गरौं यो पाना पछि अरु पाना यति हुँदा सम्म आफ्नो राजनीतिक भविष्यको लेखा जोखा गरेर धेरै नेता देखि कार्यकर्ता सम्मले केहि बोलेनन्।

शिर्ष नेताहरु र पार्टीको यस्तो गलत कदमको बिरोध गरि नेता र पार्टीलाई सतर्क गराउनु र सच्याउनु को साटो बरु चुप लागेर बसे। कतिले मौन समर्थन गरे त कति ले मौन असहमति। अनि कतिले बाङ्गो भासामा सुशील कोइरालाको प्रधानमन्त्रि पदको उम्मेद्वारीलाई लोकतान्त्रिक कदम भनेर सफाई दिने प्रयास पनि गरे। यहाँ कार्य भित्रको “नियत”को कुरो छ। के साँचै कोइरालाले “लोकतान्त्रिक” आस्थाकै लागि उम्मेदवारी दिएका थिए त? कसले पत्याउलान? जब सम्म हाम्रो समाज अनि राजनीतिमा आफ्नो “मस्तिस्क” प्रयोग गर्ने संस्कार बस्दैन तब सम्म यो समस्या रहीरहनेछ।

अमेरिकामा बाराक ओबामाको ब्यापारिक सन्धि टि.टि.पी. आफ्नै पार्टीका केहि संसदको बिरोध अनि बिपक्षी रिपबलिकन पार्टीका अधिकांश संसद्को समर्थनमा पास भएको थियो। जब सम्म हाम्रो देशमा पनि यस्तो “व्यवस्थापिका” अनि यस्ता “संसद”, जसले पार्टी र नेताको अन्धो समर्थन नगरी आफ्नो विचार र बुद्दि प्रयोग गरि मत दिन्छन, हुन्नन्, तबसम्म हाम्रो देशको राजनीतिमा आधारभूत परिवर्तन हुन सक्दैन। अनि त्यो संगै हाम्रो समाजमा पनि। त्यसैले, आफ्नो बुद्दि प्रयोग गरौं। सहि र गलत छुट्याई विचार पोखौं।

आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई माथि राखौं। अनि, सबै भन्दा माथि “सत्य” लाई राखौं। किनकि, कहिले काहीं पूरा देश नै गल्ति पनि हुन सक्छ। चाहे त्यो पार्टी होस् या देश या संसार, आफ्नु बिबेक प्रयोग गरि पार्टी, देश, अनि संसारलाई नै सहि मार्ग देखाउने प्रयास गरौं। नेपालको जय होस् ।

सत्य को जबसम्म हाम्रो देशमा पार्टी र नेताको अन्धो समर्थन नगरी आफ्नो बुद्दि र विचार प्रयोग गरी मत दिने “सांसद” हुन्नन्, तबसम्म हाम्रो देशको राजनीतिमा आधारभूत परिवर्तन हुन सक्दैन।

[email protected]

प्रतिक्रिया