राष्ट्रपति घानी र प्रम सर्राफलाई प्रम ओलीको समवेदना

इनेप्लिज २०७२ कार्तिक १० गते २:३२ मा प्रकाशित

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हिजो पठाउनुभएको छुट्टाछुट्टै पत्रमा यस दुःखद घडीमा नेपाल सरकार, जनताका साथै आफ्नो व्यक्तिगततर्फबाट दुवै देशका सरकार, जनता र प्रभावित परिवारका सदस्यहरुलाई हार्दिक समवेदना र सहानुभूति प्रकट गर्नुभएको छ ।

प्रम ओलीले अफगानिस्तानका राष्ट्रपति घानी र पाकिस्तानका प्रधानमन्त्री सर्राफलाई पठाउनुभएको पत्रमा नजिकको छिमेकी र सार्क सदस्य राष्ट्रका नाताले यस दुःखद घडीमा दुवै देशका सरकार र जनताका साथमा आफू रहेको उल्लेख गर्नुभएको छ ।

सोमबार दिउँसो अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दकुश पर्वत केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पले अफगानिस्तान र पाकिस्तानको उत्तरी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ ।

प्रतिक्रिया