अमेरिका नेपाल हैन है ?

इनेप्लिज २०७२ कार्तिक १० गते २:०७ मा प्रकाशित

bijay

बिहारका पूर्व मुख्य मन्त्रि लालु प्रसाद यादवलाई अमेरिकाका राष्ट्रपतिले सोधेछन बिहार अमेरिकालाई देउ म केहि बर्षमा नै अमेरिका बनाई दिन्छु । तुरुन्तै जवाफमा लालुले भनेछन अमेरिका मलाई दिनु म एक महिनामा बिहार बनाई दिन्छु । यो एक चुटकिला निकै चर्चामा आएको हो l

नेपालमा हरेक कुरालाई प्राय राजनीति गर्ने प्रयास गरिन्छ । अब त्यो प्रवृति अमेरिकामा पनि बिस्तारै फैलिदै गएको आभास भै रहेको छ l जुन दुखदायी बिषय बस्तु हो l जति पनि नेपालीहरु अमेरिकामा आएका छन् l उनीहरु प्रतक्ष्य या अप्रतक्ष्य रुपमा राजनैतिक दल या राजनैतिक दलका नेताहरुसंग नजिक रहेको पाईएको छ । अपवादमा केहि नगन्य रुपमा तटस्थ पनि छन् l उनीहरुलाई यो सम्बन्धि कुनै चाख हुदैन l

सपनाको संसार अमेरिका प्रवेश गरेकाहरुले आफ्नो आचरण ,आदत र ब्यबहारमा केहि सुधार ल्याएता पनि समग्रमा खासै परिवर्तन भएको देखिएको छैन ।अमेरिकामा पनि नेपालको जस्तो हावा लागेको हुन्छ l अमेरिकाको व्यस्त जीवनको कारण अरुले के गरे र के गर्दैछन भन्ने बिदेशीलाई कुनै सरोकार हुदैन l

तर हामी नेपालीलाई त्यो कुरा सरोकार हुन्छ l अनि कुरा बिग्रिन्छ l अमेरिकामा धेरै नेपाली संघ तथा संस्था खुलेका छन् l मातृभूमिको सेवाको लागि स्थापित भएका छन् भने कसैलाई पद चाहिएको कारण खोलिएको छ । धेरै बर्ष देखि टाउके पदमा एकै व्यक्ति भएका छन् भने कोहि पदको लोलुपतामा फसेका छन् l कहि नेतृत्व खोज्दा पनि नेतृत्व नपाईएको कारण कुर्सीमा बसी रहेका छन् l

अमेरिकालाई कहिलेकाही हाम्रो अस्तित्व बिर्सिएर नेपाल सम्झन्छौ l सिमा नाग्दछौ । नियम र कानुनलाई उलंघन गर्छौ ।अमेरिका नेपालको पाटी ,पौवा ,चौतारी ,राजनैतिक दलको कार्यालय ठान्ने गरि दिदा विषम परिस्थिति उत्पन्न हुन्छ l त्यहाँ हामी चुक्दछौ l

नेपाल बाट ल्याएको जन्मै देखिको चरित्र ,आचरण र ब्यबहार तथा कतिपय अस्वाभाविक आदत हामीले अमेरिकामा पनि त्याग्न सकेका छैनौ । त्यहाँ पनि अमेरिकालाई नेपाल ठान्दछौ l

जब अमेरिकामा कुनै पनि संस्थाको निर्वाचन हुन्छ l चुनाबको घोषणा गरिन्छ त्यहाबाट सुरु हुन्छ महाभारत । फाटो पर्दछ l सम्बन्ध चिसिन्छ l बर्षौ देखिको आत्मियता कुर्शीको कारण चिरा पर्दछ l त्यहा फोहरी खेल सुरु हुन्छ l नेपालको जस्तै तिकडम र अनेकौ अप्रजातान्त्रिक हत्कण्डा प्रयोग गरिन्छ । त्यो समयमा अमेरिका नेपाल हैन भन्ने बिबेकले काम गर्न छोडदछ ।

बिदेशमा एक ढिक्का र एकता हुनु पर्नेमा नेपालका राजनैतिक दलहरुले खेल्ने खेल जस्तै त्यहाँ पनि त्यो लागु गर्ने तर्फ संलग्न हुन्छौ । एक आपसमा लड्छौ l हाम्रा कू-संस्कृतिलाई अमेरिका उड्नु अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट मिल्काई दिनु पर्नेमा अमेरिका सम्म मस्तिष्कमा भारी बोकेर अमेरिका अवतरण गर्दछौ l

त्यो संस्कार बोकेर छिरेको हुनाले वातावरण धमिलो बनाई दिन्छ l केहि बर्ष अघि अस्ट्रेलियामा कैयौ भारतीय बिद्यार्थीहरुलाई सांघातिक हमला गरियो l त्यहाँ पनि केहि भारतीय बिद्यार्थीहरुले बिहार ,उत्तर प्रदेश ,दिल्ली आदि राज्यमा जस्तो ब्यबहार गर्दै हूलमा हिड्ने र होहल्ला जस्ता क्रियाकलाप गरि उनीहरुले भारत नै ठानेको हुनाले त्यो घटना घट्न पुग्यो l

अमेरिकामा बिभिन्न वर्गका नेपालीहरु मुलुक छाडी बसोबास गर्ने क्रम ह्वातै बढेको छ । बुद्धिजीविवर्ग आफ्नो ईलममा तन मन धनको साथ ध्यान मग्न छन् । उनीहरुलाई दुनिया संग सरोकार छैन l

मुलुक छोडी अमेरिका आएकाले नेपालमा जस्तो सम्मान पाएका हुदैनन् र पाउदैनन पनि l तन ,मन धन लगाएर आएका हुनाले आफुलाई सानो ठान्ने भन्ने कुरै हुदैन l नेपालमा जस्तै उनीहरुमा दम्भ हुन्छ l अनि अहमता पाल्ने हुदा कुरा बिग्रन्छ l यस्ले गर्दा झन् असमझदारी बढ्दछ l नेपालीहरु एक जूट भन्दा फूट हुने सम्भावना देखिन्छ l अमेरिका छिरेकाले अर्कोलाई नगन्ने व्यक्ति पनि हुन्छन l बाल मतलब राख्ने सोचाई भएका अनगिन्ती देखिन्छन l यहि तत्वको कारण अमेरिकामा रहेका नेपाली नेपाली बिच भाले जुधाई पनि हुन्छ l

अनि हामीले नेपालमा जे सोच्दछौ त्यहि सोच यहाँ लागु गर्ने प्रयास गर्दा कुरा बिग्रिन्छ l हामी एक्लो बृहस्पति हुन्छौ l अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु कदापी हुदैन l अमेरिका नेपाल हैन है l अमेरिकाका असल कुरा ,आचरण आदि ईत्यादी आफ्नो जीवन र ब्यबहारमा लागु गर्न सकेनौ भने कालान्तरमा धमिलो पानीमा माछा मार्ने ले लाभ उठाउने सम्भावना बढेर आउदछ l

अझ पनि कुरा उथल पुथल र डामाडोल भएको छैन l भविष्यमा अमेरिका आउन चाहन राख्ने सबैले बागमती गएर आफुसंग भएको सम्पूर्ण कु-संस्कार सेलाएर आउदा सबैले सम्मान गर्ने छन् l अमेरिकाको जीवन सार्थक हुनेछ l सबैले गुनगान गाउने छन् l नेपाल बाट अमेरिकाको लागि हवाई जहाजमा चढ्नु अघि सदाको लागि नकारात्मक कुराहरु यहि फ्याल्ने छु भनि प्रतिज्ञा गरे अमेरिकामा सबैको हृदयमा बस्न पाउनु हुनेछ l यसैमा सबैको भलाई हुनेछ l

आगे यहाहरुको मर्जी …………………………………….

प्रतिक्रिया