शनिबार, साउन ९ २०७८
काठमाडौं २२:१३
वासिङटन डिसी 12:28

मेस्सीबिनाको बार्सिलोनाले इबरलाई जित्यो

इनेप्लिज २०७२ कार्तिक १० गते १:१४ मा प्रकाशित

Mohan-mainali-1-650x366

काठमाडौं, ९ असोज । प्रमुख स्ट्राइकर लियोनल मेस्सीबिनाको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगामा इबरमाथि ३-१ गोल अन्तरको जित हात पारेको छ । बार्सिलोनाका लागि लुइस स्वारेजले ह्याट्रिक गरेपछि इबर ३-१ ले पराजित भएको हो । स्वारेजले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै खेलको २१ औं मिनेटमा रामिरेजको पासमा गोल गरेका स्वारेजले दोस्रो हाफमा नेइमारसँगको तालमेलमा दुई गोल गरे । उनले खेलको ४८ औं र ८५ औं मिनेटमा गोल गरेका थिए । इबरका लागि भने खेलको १० औं मिनेटमै बास्टोनले गोल गरेका थिए । तर, स्वारेजको ह्याट्रिकमा बार्सिलोनाले इबरमाथि जित निकाल्यो । यो सिजनको उपाधि होडमा रहेको रियल मड्रिडसँगै बार्सिलानाले इबरको जितमा समान २१ अंक जोडेको छ । तर, अंक तालिकाको शीर्ष स्थानमा रियल नै रहेको छ । समान अंकको बार्सा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया