शनिबार, साउन १६ २०७८
काठमाडौं ०८:२३
वासिङटन डिसी 22:38

विनाशकारी भूकम्पपछि के-के भयो भारत र पाकिस्तानमा ?

इनेप्लिज २०७२ कार्तिक ९ गते १०:५६ मा प्रकाशित

india-earthquakeनयाँदिल्ली, ९ कात्तिक । अफगानिस्तानको हिन्दुकुश पर्वत आपसपास केन्द्रबिन्दु बनाएर आज गएको महाभूकम्पबाट भारतको राजधानी दिल्लीसहित उत्तरी भारतमा निकै ठूलो क्षति पुगेको छ ।

स्थानीय समय अनुसार, दिउँसो पौने ३ बजे गएको ७.७ रेक्टर स्केलको भूकम्पबाट उत्तर भारतमा निकै ठूलो झट्का महसुस भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भूकम्पको झट्का करिब तीन मिनेटसम्म महसुस गरिएको थियो ।

भूकम्प आउनसाथ मानिसहरुको भागदौड मच्चिएको थियो भने दिल्लीमा मेट्रो रेल सेवा बन्द भएको छ ।

दिल्ली, हरियाणा, पंजाब, उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाल, श्रीनगर समेत भारतका अधिकांश भाग भूकम्पबाट हल्लिएको थियो ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको दक्षिण पश्चिम जर्मबाट ४५ किलोमिटर टाढा हिन्दुकुशमा रहेको बताइएको छ । यो स्थान राजधानी काबुलबाट २५६ किलोमिटर उत्तरमा पर्छ । भूकम्पको केन्द्र धरतीबाट करिब १ सय ९० किलोमिटर टाढा थियो ।

भूकम्पबाट भारतको श्रीनगरमा टेलिफोन लाइन खराब भएको छ । लगातारको भीषण बर्षापछि आएको भूकम्पले अधिकांश ठाउँको अबस्था असमान्य रहेको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनधनको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएका छन् ।

पाकिस्तानमा भीषण क्षति

अधिकारीहरुका अनुसार, पाकिस्तानमा झन भारतमा भन्दा बढी झट्का महसुस गरिएको थियो । पाकिस्तानमा भूकम्पको धक्का ८.१ रेक्टर स्केल रहेको बताइएको छ । पाकिस्तानमा भूकम्पबाट भीषण क्षति भएको अनुमान गरिएको छ । पाकिस्तानमा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको बताइएको छ । सयौँ घाइते भएका छन् ।

अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन् ।

भूकम्पको सामान्य धक्का पूर्वी नेपाल र काठमाडौँमा समेत महसुस गरिएको छ ।

अन्य अपडेटका लागि केहीबेर प्रतिक्षा गर्नुहोस् ।

प्रतिक्रिया