नेपाली सेनाद्वारा धारा निर्माण

इनेप्लिज २०७२ कार्तिक ९ गते ४:५२ मा प्रकाशित

धुन्चे (रसुवा), ९ कात्तिक । बाटो हिँड्ने बटुवा र स्थानीय बासिन्दालाई शुद्ध खानेपानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणले धुन्चेस्थित प्रवेशद्वार नजिक रहेको प्राकृतिक मूलको संरक्षण गर्दै धारा निर्माण गरेको छ ।

नेपाली सेनाले सो धारा निर्माण गरेपछि यहाँका हजारौँ मानिसलाई शुद्ध खानेपानीको व्यवस्था भएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले निकुञ्ज क्षेत्रमा अवस्थित जैविक विविधता संरक्षणका साथसाथै आफ्नो आन्तरिक साधन र स्रोतबाट ग्रामीणवासीको हितका लागि गरेको योगदान महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।

यस्तै नेपाली सेनाले ब्राबेलदेखि धुञ्चे प्रवेशद्वारसम्मको सडक र आसपासका क्षेत्र सफासुग्घर गर्नाले वातावरणमा समेत सन्तुलन आएको नागरिक समाजले बताएको छ ।

प्रतिक्रिया