शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:०३
वासिङटन डिसी 21:18

न्यूयोर्कमा नेपालीले सामूहिक टीका लगाएर दशैं मनाए

इनेप्लिज २०७२ कार्तिक ९ गते ३:४५ मा प्रकाशित

dashain20

न्युयोर्क । न्युयोर्कको दक्षिण पूर्वी क्षेत्र वेष्टचेष्टरको ब्रुष्टरमा नेपालीले सामूहिक टीका लगाएर दशैं मनाएका छन् । नेपाली समूदायको सानो बस्ती रहेको यो क्षेत्रमा विभिन्न जात र समूदायका करिब ५० जना भन्दा बढीले टीका लगाएर मनोरञ्जनपूर्णं ढंगले दशैं मनाएका छन् । पुरुषहरुले दौरा सुरुवाल र महिलाले सारी तथा गुन्यु चोलीमा ठाडीएर टीका लगाएका थिए । समूदायमा एकताको सन्देश दिने र राष्टिय पोशाको पहिचान झल्काउने उदेश्यले यस्तो प्रकारको कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश विष्टले बताए ।

सो अबसरमा मधेसीमूलका ब्यक्ति, शेर्पा समूदाय र भारतीयले पनि टीका ग्रहण गरेका थिए । एक नेपालीले अर्को नेपालीको पर्वलाई आत्मसाथ गर्न टीका ग्रहण गरेको जनाउदैं गेल्बु शेर्पा भन्छन् ( “ ल्होछारमा बाहुन क्षेत्री आउछन्, हामी पनि दशैं र तिहारमा जान्छौ ।

dashin30

यो क्षेत्रमा सानो संख्यामा नेपाली समूदायको बसोवास रहेकोले प्रत्यकले एक अर्काको चाड पर्वमा सहभागिता जनाउने गरेको स्थानीय राज बुढाथोकी भन्छन् । कार्यक्रमा रातो टीक निधारमा टलक्क टल्कीयो…जस्ता गीमा नेपालीसंगै अमेरिकी नागरिकले पनि नृत्य गरेका थिए । समूदायको ज्येष्ठ सदस्यले दक्षिणा सहित सबैलाई टीका लगाई दिएका थिए ।

प्रतिक्रिया