दोश्रो गोर्खा बटालियनको कालरात्रीमा गायिका मेलिना र रेवत राईको सांगितिक भुकम्प ।

इनेप्लिज २०७२ कार्तिक ९ गते ०:४५ मा प्रकाशित

image

लण्डन–कार्तिक ९ , २०७२ अहिलेको खुल्ला विश्वमा कला, संस्कृति र परम्परालाई भूगोलले पनि रोक्न सक्दैन । नेपालबाट करिब ५ हजार माइल टाढा बेलायतमा मनाइएको यसपटकको दसैंले पनि यस्तै पुष्टि गर्याे । नेपाली दूतावासदेखि गोर्खा बटालियनसम्ममा दसैं धुमधाम मनाइरहेका छन् । फोक्सटन आर्मी ब्यारेकमा कालरात्रिको रौनक बेग्लै रह्यो । दोस्रो गोर्खा बटालियनले बेलायती राजमुकुटको सेवा गरेको दुई सय वर्ष पुगेको अवसरमा यस पटकको कालरात्रि भव्यरुपमा सम्पन्न गरेको हो ।

Kalratri 15

स्थानीय र नेपालबाट आएका कलाकारहरूले जोडदार सांगीतिक कम्पन उत्पन्न गराउदै उनीहरूको प्रस्तुतिमा उपस्थित सयौं सैनिक र तिनका परिवार ननाची रह नै सकेनन् । कालरात्रिमा केन्द्रमा थिए नेपाली कलाकारहरू भूकम्प पीडित तथा व्रिटिस उदारता क्यान्सर अनुसन्धान बेलायतको सहयोगमा बन्ट ओक नेपाली समाजले बेलायतको विभिन्न शहरमा “देउराली साँझ” गरिरहेका नेपाली कलाकारहरु स्वर्ण पदक विजेता बरिष्ठ लोक गायक कृष्ण गुरुङ्ग र नायिका तथा गायिका निता गुरुङ्गले मिठो लोक गित पस्केका थिए भने खोजि प्रतिभा प्रतियोगितामा अन्तिम चरण सम्म पुग्न सफल तथा २०७२ सालको म्यूजिक खबर अवार्डमा प्रथम हुनु भएका रेवत राईले उपस्थित सैनिक परिवारलाई स्टेजको आँगनीमा नचाउन सफल भएका थिए । कार्यक्रमको बीचबीचमा स्थानीय कलाकारहरूको रोमाञ्चक नृत्यले माहोलमा झन रौनक थपिरहेको देखिन्थियो ।

Melina Rai

रेजिमेन्टका सैनिकहरूले किरात राईको साकेला सिली, याक्थुङ चुम्लुङको च्याबरुङ, गुरुङहरूको रोधी नाचदेखि तेक्वान्दो र लाहुरेहरूमाझ लोकप्रिय खुकुरी नाचसमेत प्रस्तुत गरेका थिए । सविना चोङबाङ र सजल राईले युगीन परिवेशको नृत्य प्रदर्शन गर्दा दर्शकदीर्घामा रहेका सचिन थापा नेपालतिरै दसैं मनाइरहेको अनुभूति गर्दै थिए । दोस्रो गोर्खा बटालियनका कमान्डिङ अफिसर लेप्टिनेन्ट कर्नेल जेसी मुरेको आतिथ्य रहेको कार्यक्रम नेपाली राष्ट्रिय धुनबाट थालनी भएको थियो भने सांगीतिक कार्यक्रमका संयोजक वारेन्ट अफिसर ज्ञानेन्द्र राईले औपचारिक उद्घघाटन गरेका थिए । रेजिमेन्टका गोर्खा मेजर प्रेम गुरुङले दसैं शुभकामनासहित कालरात्रिको महत्त्वपूर्ण पक्षबारे अभिव्यक्ति दिएका थिए । उनले वीर पुर्खाहरूको योगदान र बलिदानले गोर्खालीहरूको नाम आजसम्म उच्च स्थानमा रहेको प्रशंसा गदै मेजर गुरुङले पुर्खाहरूको योगदानको कदर गर्न र पल्टन घरको परिवेशमा धार्मिक मात्र नभई सांस्कृतिक अनि रेजिमेन्टको मुख्य पर्वको रूपमा दसैं मनाउँदै आएको पनि उल्लेख गरे ।

गीत संगीत मात्र होइन, प्रेमको व्याख्या पनि भयो कार्यक्रममा । उद्घोषक विधान राईले रेजिमेन्टका वारेन्ट अफिसरहरूलाई ‘सोधे प्रेम के हो ?’ जवाफमा वारेन्ट अफिसर ए कम्पनीले भने, ‘प्रेम मनभित्रको मुटुको टुक्रा हो, कुनै उधारो हैन ।’ वारेन्ट अफिसर सी कम्पनीको जवाफ थियो, ‘प्रेम मनको विश्वास हो, कुनै कर्तव्य हैन ।’ वारेन्ट अफिसर बी कम्पनीको मत रह्यो, ‘प्रेम मर्जी हो, कुनै जबर्जस्ती हैन ।’ अनि वारेन्ट अफिसर वान नवल किरण याक्खाले ठट्ठामय पारे माहोललाई– ‘प्रेम कुनै गोर्खा मेजरको नाम हैन, नाम त हो तर कुनै चानचुने हैन ।’

सांगितिक क्षेत्रमा छुट्टै धुन र ठुलो संम्भावना लिएर आईरहेकी साथै आधुनिक परिबेशमा नेपाली सांगितिक आकाशमा उडिरहेकी मेलिना राईले नेपाली फिल्म नाई नभन्नु ल ३ कोे गितले सांगितीक लोकप्रियता हासिल गरिसकेकी छिन् । विÞ सÞ २०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गितकार भुपाल राई र संगितकार डाक्टर किराँतको “सुनको केश धोए सुनकोशीमा, दुधको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धित खोलेर, भित्री मन धुने कुन कोशीमा” गितहरु लिएर उनले पहिलो एल्बम “बहार” बाट चर्चामा आईकी हुन । हेर्दा जति चंचल देखिन्छन् । बास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको रियाज सानो उमेर बाटै सुरुवात गरेकी रहेछिन् । करिब ११ बर्ष हुदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा “हिमालको काखमा छ यति सुन्दर देश” बोलको राष्ट्रिय स्तरको गित रेकर्ड गर्दा नेपाली आम स्रोताहरुको माया र प्रेरणा पाईरहेकोमा एकदमै खुशी र सन्तुष्ट भएकी र आगमी दिनहरुमा पनि समर्थनको अपेक्षा राखेको मेलिनाले बताईन ।
“कम्मर माथि पटुकी, पटुकी माथि घैला ।
घैलामा कुवाको पानि, पानि खाने निउ पारी धाउछन कति बैमानि” ।।
मै प्यारी हु की रेशम, मेरो जवानि ।।।
बोलको चर्चित गित साथै अन्य गितहरु प्रस्तुत गर्दा उपस्थित दर्शकले अतिनै मनोरन्जन लिदै नाचेर उत्तिकै साथ दिईरहेका थिए । बेलायतमा अहिले सम्म भएको कार्यक्रम मध्यको विशिष्ट कार्यक्रम रहेको उपस्थित दर्शकहरुले दाबी समेत गरेका थिए ।
सयुक्तरुपमा संचालन गरिएको कार्यक्रमलाई बेलाबेला उद्घोषक बिदान राईले पल्टने समसामयिक कुरालाई मुक्तकमा पस्किएर उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका थिए भने विधता राईले साहित्यिक दुर्लभ शब्दहरु अंग्रेजीमा उदघोषण गर्दा बेलायती अधिकृतहरु चकित परेका थिए । प्रस्तुतिको अन्त्यतिर नेपाली कलाकारहरूलाई पल्टनका कमान्डिङ अफिसर जेसी मुरे, गोर्खा मेजर प्रेम गुरुङ, कार्यक्रम निर्देशक कलर सार्जेन्ट मदन जिमी लगायत उच्च ओहोदाका व्यक्तिले विशेष सम्मान र धन्यबाद प्रकट गरेका थिए ।

image (1)

प्रतिक्रिया