टेलर संसारकै सबैभन्दा बढी कमाउने गायिका

इनेप्लिज २०७२ कार्तिक ८ गते १३:१५ मा प्रकाशित

fuel-at-a-petrol-stationकाठमाडौ । अमेरिकी गायिका टेलर स्विफ्ट संसारको सर्वाधिक कमाई गर्ने गायिकाको सूचिमा परेकी छिन । २५ वर्षीया स्विफ्टले गतवर्षको अन्त्यतिर पाँचौं स्टुडियो एल्बम ‘१९८९’ बजारमा ल्याएकी थिइन् । त्यसको छ महिनापछि नै उनी एल्बम प्रमोसनका लागि म्युजिकल वल्र्ड टुरमा निस्किएकी छिन ।

उनको एल्बम रिलिजको पहिलो सातामै १३ लाख कपी एल्बम बिक्री भएर रेकर्ड तोडेको थियो । टेलर तीन एल्बमले लगालग १० लाख बिक्रीको रेकर्ड काय गरेका छन ।
‘१९८९’ दस महिनाभित्रमा विश्वव्यापी रूपमा ८६ लाख बिक्रीको बेस्ट सेलिङ रेकर्ड बनाएको छ । वर्षको सुरुआतदेखि अहिलेसम्म आइपुग्दा उनले झन्डै ३१ करोड ८० लाख डलर कमाइ गरिसकेकी छन् । उक्त आम्दानी हेर्दा टेलरले दैनिक १० लाख डलर आफ्नो खातामा जम्मा गर्न सफल भएकी छन् । उनको आम्दानीमा प्रत्यक्ष रूपमा पछिल्लो एल्बमको बिक्री र वल्र्ड म्युजिकल टुर प्रमुख रहेको जनाइएको छ । त्यसबाहेक उनी ब्रान्ड एम्बेसडर रही काम गरेका विज्ञापनको कमाइ पनि महत्त्वपूर्ण रह्यो । टेलर यति चल्नुमा केवल मनोरञ्जनकी पावरहाउस मात्रै नभई विज्ञापनमा समेत डिमान्ड गर्न सक्ने सेलिब्रेटीमा पर्छिन् । त्यसैले पनि उनी हाई पेड सेलिब्रेटी हुन् । फोब्र्स म्यागाजिनले यसै वर्ष निकालेको सूचीमा पनि टेलर र उनका ब्वाइफ्रेन्ड केल्भिन ह्यारिसलाई विश्वकै सर्वाधिक पारिश्रमिक पाउने जोडीमा राखेको छ । गतवर्ष मात्रै यी दुईले विज्ञापन खेलेर १४ करोड ६० लाख डलर कमाइ गरी वियोन्से–जेजेको जोडीको रेकर्डलाई तोडेका थिए ।

प्रतिक्रिया