खेतमा बेवारिसे बम भेटियो

इनेप्लिज २०७२ कार्तिक ८ गते १३:०९ मा प्रकाशित

bomकञ्चनपुर, ८ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ खजुवामा आज खेतमा बेवारिसे अवस्थामा बम फेला परेको छ ।

स्थानीय किसान दीपक भट्टको खेतमा बम फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

धान काटेको खेतमा फेला परेको बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो । बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया