शनिबार, साउन ९ २०७८
काठमाडौं २३:१२
वासिङटन डिसी 13:27

लंग आइल्याण्डमा जेष्ठ नागरिक सम्मान

इनेप्लिज २०७२ कार्तिक ८ गते १३:०२ मा प्रकाशित

fuel-at-a-petrol-station

लंग आइल्याण्ड,न्यूयोर्क,अमेरिका | यहाँ रहेका स्थानीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था लंग आइल्याण्ड नेपाली समाजले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ | नेपालीहरुको माहान चाड विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान गर्न आइतवार आयोजित कार्यक्रममा यसरी जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो |

समाजका अध्यक्ष दुर्गेश कार्कीको सभापतित्वमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरु उज्जलकुमारी फुयाल ,खुर कुमारी डोटेल,जोउ माया थपलिया ‘सुनकेशरी प्रधान ,हरिलाल खनाल ,अप्सरा खनाल ,डिल्लीराम सिग्देल ,दिल कुमारी सिग्देल ,लोक कुमारी सुबेदीलाई सम्मान गरिएको थियो | यसरी सम्मानित हुन पाउदा आफुहरुलाई खुशी लागेको प्रतिक्रिया सम्मानित व्यक्तिहरुले दिनु भएको थियो |

दशैँ-तिहार कार्यक्रम २०७२ तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमका संयोजक तथा समाजका उपसभापति टिकाराज ढकालले उपस्थित महानुभाबहरुलाई स्वागत तथा दशैँ-तिहारको शुभकामना दिनु भएको थियो। उक्त कार्यक्रममा सभापति दुर्गेश कार्की , समाजका सल्लाहकारहरु अर्जुन प्रसाद मैनाली, एकराज गौतम, जन सम्पर्क समिति लंग आइल्याण्ड च्याप्टरका अध्यक्ष विश्वराज बाँस्तोला, पण्डित पिपलमणि सिग्देल, लङ्ग आइल्याण्ड समाजका महासचिब परमानन्द खनाल, जेष्ठ नागरिक चन्द्र सुबेदीले उपस्थित महानुभाबहरुलाई दशैँ,तिहार,छठ, नेपाल सम्बत लगायत नेपाली चाडबाडहरुको शुभकामान दिनु भएको थियो। संस्थाले हालसम्म गरेको प्रगति विवरणलाई संस्थाका कोषाध्यक्ष डा.हरि दाहालले सुनाउनु भएको थियो |

समाजका सदस्य राजेन्द्र कार्कीले संचालन गर्नु भएको कार्यक्रममा एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका युवा संयोजक सोमनाथ हुमागाई, नेपाली जनसम्पर्क समिति लँग आइल्याण्ड च्याप्टरका उपसभापति होम गौतम लगायत लंग आइल्याण्डबासी नेपालीहरुको उपस्थिति थियो। कार्यक्रममा सुरेन्द्र बास्तोलाले समसामयिक कविता सुनाउनु भएको थियो । कलाकारहरु बन्दना ज्ञवाली, रमिला सुबेदी, निस्कर्ष कार्की, लोचना सुबेदीले नृत्य प्रस्तुत गर्नु भएको थियो।

प्रतिक्रिया