शनिबार, मंसिर २० २०७७
काठमाडौं ०९:१३
वासिङटन डिसी 22:28

भारतबाट भन्दा चीनबाट आउने पेट्रोल २० रुपैँया सस्तो र गुणस्तरीय

इनेप्लिज २०७२ कार्तिक ८ गते १२:४१ मा प्रकाशित

fuel-at-a-petrol-stationकाठमाडौँ, ८ कात्तिक । नेपालमा पेट्रोलियम पदार्थमा अधिपत्य जमाएको भारतबाट भन्दा चीनबाट तेल ल्याउँदा २० रुपैंया सस्तो पर्ने देखिएको छ । चीनले नेपाललाई दिन लागेको तेल निकै सस्तो र गुणस्तरीय तेल दिन लागेको बताइएको छ । नेपाल आयल निगमका अनुसार चीनले नेपाललाई युरो–४ मापदण्डको उच्च गुणस्तरीय पेट्रोल दिन लागेको हो । निगमले यसअघि भारतबाट युरो–३ मापदण्डको पेट्रोल भित्र्याउँदै आएको थियो । गुणस्तरीय हुने भएको हुँदा यो पेट्रोलले माइलेज पनि बढी दिने मोटर व्यवसायीहरुले जनाएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठका अनुसार, चीनबाट ल्याउन लागेको तेल भारतको भन्दा २० रुपैँया सस्तो समेत पर्ने देखिएको छ । उनका अनुसार, चीनमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ छ । ढुवानी र बिक्रेतालाई दिने खर्च कटाउँदा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने उनको दाबी छ । अहिले नेपालमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ । आयल निगमका कतिपय अधिकारीले भने भारतबाहेक अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउँदा दोब्बर मुल्य पर्नेदाबी गर्दै आएका थिए । तर, अधिकारकर्मी श्रेष्ठले भने आयल निगमको दाबी गलत रहेको दाबी गरे ।

प्रतिक्रिया