एक्काइस कट्ठाको धानको कुन्यूमा आगलागी
रत्ननगर (चितवन), ७ कात्तिक । पूर्वी चितवनको पिप्ले गडौलीमा धानको कुन्यूमै आगलागी भएको छ ।
शुक्रबार करिब २१ कट्ठाको धानको कुन्यूमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राप्ती नगरपालिका–७ स्थित स्थानीय मीनराज कँडेलको धान थन्क्याएर राखेको कुन्यूमा आगलागी भएको थियो ।
अज्ञात व्यक्तिले आगो लगाएर भागेको अनुमान प्रहरीले गरेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आए पनि करिब ५०/६० हजार रुपैयाँ भन्दाबढीको धान नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वर्ष दिनभरि खाने अन्न भित्र्याउने समयमा आगलागी भएकाले कँडेल परिवार चिन्तित भएका छन् । आगो कसले लगायो भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, चितवनको भरतपुरस्थित केन्द्रीय बसपार्कमा रहेको प्रतिक्षालयमा अन्दाजी ७०÷७२ वर्षका एक वृद्धको गएराति मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया