अमेरिकामा नेपाली भाषा मात्र बोलेर मुखमा माड लगाउन सकिन्छ त ?

इनेप्लिज २०७२ कार्तिक ७ गते २:१६ मा प्रकाशित

IMG_3737

मानिसले मात्री भाषा बोल्न रुचाउछ । मात्री भाषाको मोह बारे महाभारत लेखे पनि अधुरो नै हुन्छ । हरेक देशका नागरिकलाई देश भक्ति र राष्ट्र प्रेमको भावनाबाट अभिप्रेरित गराउने माध्यम भाषा नै हो । अमेरिका पनि एक देश हो l अंग्रेजी त्यो देशको भाषा हो l

अमेरिकामा अंग्रेजी नबोले काम चल्दैन l जीवन धान्न कठिन हुन्छ lतर यसो भन्दैमा नेपाली मुलका नेपाली संग अंग्रेजी बोल्नु नै पर्छ भन्ने हॊईन l नेपालीमा बोल्दा पनि हुन्छ l आफ्नो काम काज र अंग्रेजीमा काम चलाउनु बाहेक नेपाली समुदाय संग नेपालीमा नै काम चल्ने भै सकेको छ l

दुई दशक जस्तो अमेरिका अहिले को जस्तो रहेन l नेपालीहरुले ठुलो फड्को हानेका छन् l आर्थिक सम्वृद्धि भै सकेको अवस्था छ l यो पंक्तिकार अमेरिका भासिएको ८ बर्ष भै सकेको अवस्था रहेता पनि बिदेशी बाहेक नेपाली मुलका सबै संग नेपाली भाषाको प्रयोग गरि जीवन चलाई रहेको छ l त्यसो भए अमेरिकामा नेपाली भाषा मात्र बोलेर मुखमा माड लगाउन सकिन्छ त ?

बोल्ने ठाउँ मा बिदेशी भाषा बोल्ने र नेपाली समुदाय संग नेपाली बोल्ने गरे संकट आउदैन l मुखमा माड लगाउन सकिन्छ l अमेरिका जाने बितिक्कै नेपाली भाषा बिर्सिदैन l अमेरिका २-४ बर्ष बस्दैमा नेपाली बोल्न अप्ठ्यारो लाग्छ भन्ने याद कदा सुनिन्छ पनि l

राष्ट्रियता र देश भक्तिको भावना कुनै पनि देश उपनिवेश बन्न बाध्यता भएका र स्वतन्त्र भै सकेका देशका नागरिकलाई अधिकतम हुन्छ । किनभने राष्ट्र प्रेम र देश प्रेमको भावना उनीहरुले जत्ति अरु कसैले पनि अनुभूति गरेका हुदैनन् ।

मात्री भाषा प्रति हामी सबै गर्व गर्दछौ । नेपाली हुनाले हामी हाम्रो भाषालाई भित्रबाट नै सम्मान गर्दछौ । स्वदेशमा बसोबास गर्ने भन्दा मुलुक बाहिर बसोबास गर्ने नेपाली मूलका सबैलाई देश प्रेम,राष्ट्र भक्ति र राष्ट्र भाषा अतिनै प्यारो लाग्नु स्वाभाविक हुदो रहेछ किनभने बिदेशी माटोमा क्षणिक रमाएता पनि अन्तरआत्मामा मुलुकलाई बिर्सन सक्दैनन् ।

राष्ट्र भाषा बिना बिदेशी माटोमा बिरानो लाग्दछ l नेपालीहरुको पहिचान नै यहि नेपाली भाषा हो । हामीले अत्यधिक अंग्रेजी भाषाको प्रयोग कारण नेपाली राष्ट्रिय भाषा तुलनात्मक रुपमा फितलो भएको भान हुन्छ। अंग्रेजी भाषाको मोह जागृत भए जस्तै नेपाली राष्ट्र भाषालाई पनि उतिकै माया गर्न सके यो भाषा कहिले ओझलमा पर्ने छैन ।

नेपालीहरु विदेशिने क्रम अत्यधिक बृद्दी हुदैछ । बिदेशमा नेपाली पाठशालाहरु पनि जताततै खुलेका छन् l आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु पर्छ भनि अभिभावकहरु चिन्तित छन् किनभने यदि नेपाली हु भने कसैले गर्व गर्दछ भने भाषा जान्नु पनि उतिकै अपरिहार्य हुन्छ । नेपाली भनि गौरब गर्ने तर भाषा सम्बन्धमा शुन्य ज्ञान भए अनर्थ हुन्छ ।

भाषा प्राण भन्दा पनि प्यारो हुन्छ । हरेक नेपालीले आफु र आफ्ना सन्तानलाई राष्ट्र भाषाको ज्ञान दिन सक्नु पर्छ नत्र भाषाको बिकाश हुने सम्भव हुदैन र ढोकै बन्द हुने हुन्छ । हाम्रा भावी सन्तान तथा युवा पिढीहरुलाई नेपाली भाषाको महत्वबारे सचेत गराउन नसके भाषा खतरामा पर्दछ l

किनभने एसियाकै शसक्त राष्ट्र सिँगापूरले अंग्रेजी भाषालाई उच्च प्राथमिकता दियो । केहि समय पश्च्यात सिंगापूर राष्ट्र बाध्य भयो कि जब सम्म आफ्नो मुलुकको भाषालाई बिकशित गरिदैन संस्कृति,परम्पराको अनुसन्धान गर्न कठिन हुने रहेछ भनि पुन: आफ्नो भाषालाई बिउताउन् जमर्को गर्यो ।

बिदेशमा प्रशस्त बिधुतिय संजाल (बिधुतिय पत्रिका ) संचालनमा आएका छन् lअत्यधिक नेपालीहरु नेपाली पत्रिका नै पढ्ने गर्दछन । बिदेशमा पनि नेपाली भाषा मात्र भनि मजाक र धज्जी उडाउने सोच हाम्रो स्मृतिपटलबाट हटाउनु उत्तम हुनेछ । जति सक्दो भाषामा जति ठेट शब्द प्रयोग गर्न सक्यो त्यतिनै मिठास आउछ ।

बिदेशमा जन्मेका र हुर्केका सन्तानलाई मात्री भाषाको रुपमा नेपाली भाषालाई प्रथम प्राथमिकता दिनु पर्दछ । नेपालीपन झल्किन्छ त्यसैले बिदेशमा बस्ने सबै नेपालीले हाम्रो राष्ट्र भाषा प्रति सद्भाव देखाउन सके हाम्रा पिढीले हामीले गरेको गुण कहिले बिर्सदैनन । जुनै देश पुगेता पनि हामी हाम्रो भाषा बिर्सने छैनौ l यहि माध्यम द्वारा हामी एक आपसमा निकटता हुन्छौ l

आगे यहाको मर्जी ……………..

प्रतिक्रिया