आज बडाको दोश्रो दिन कार्तिक ६ पाप कुंश एकादशी l नेपाल बाहिर छरिएर रहेका तमाम नेपालीले २०७२ सालको बडा दशैँ हर्सो उल्लासको साथ मनाउदै गरेको समाचार प्राप्त भएको छ l
नेपालमा बिजया दशमीको दोश्रो दिन हो भने नेपाल भन्दा समय पछाडी परेका मुलुकमा धमाधम दशैं मनाई रहेका र आफ्ना मान्यजन कहाँ टिका थापी आशिर्बाद लिदै गरेका छन् l
नेपाल बाहिर बस्ने नेपालीहरुले नेपालको जस्तो सास्ती र इन्धनको अभाव भोग्नु परेन l अघोषित नाकाको असरले कस्टप्रद दशैँ भन्दै बिभिन्न व्यक्तिहरु संग सोधिएको जिज्ञाशामा सबैले आक्रोश व्यक्त गरेका छन् l
विश्व भर सम्पर्कमा रहेका बुद्धिजीवी ,कलाकार ,साहित्यकार ,प्राध्यापक तथा बिभिन्न पेसामा संलग्न व्यक्तिहरुसंग बिदेशमा कसरि मनाई रहनु भएको छ भनि प्रश्नको जवाफमा अत्यन्तै राम्रो संग मनाउदै गरेको जवाफ दिएका छन् l
बिदेशमा रहेता पनि महान चांड मनाउन पाउदा हर्ष लागेको र बिभिन्न परिकार बनाउदै बिदेशीहरुलाई समेत निम्ता गरि हाम्रो चांड बारेमा जानकारी दिएको बताए l
नेपालमा बालक देखि बृद्ध सम्मका सबै वर्ग तथा व्यक्तिहरुलाई यस पालिको दशैं कस्तो हुदै छ ? कस्तो रह्यो भनि प्रश्न गर्दा भारतका प्रधान मन्त्रि मोदीलाई दोषारोपण गर्दै दुख व्यक्त गरेका छन l
ईतिहासमा यस्तो कहिले अनुभव नगरिएको र चांड पर्वमा खान पकाउने ईन्धन नहुनु र महान चांडमा सदैब खुकुलो हुन्छ भन्ने सोचेका थियौ यस्तो कठिन अवस्था भोग्नु परेको बताए l
उनीहरुले भने अब विदेश जान सोच्नु पर्छ l बिकल्प विदेशमा भए यस्तो दुख र कष्ट कहिले झेल्नु नपर्ने हुन्छ भन्दै भारतको नियति प्रति अब सचेत हुनु पर्ने बताए l
तराईका बिभिन्न स्थानमा जान नसकेको गुनासो पोख्दै काठमाडौँ मै दशैं ५० बर्षमा पहिलो पटक मनाउन बाध्य भएको बताए l काठमाडौँमा गाडी नपाएर आफन्त कहाँ जान पनि नसकिएको बताउदै जीवनमा यस्तो खल्लो दशैं पहिलो पटक देखिएको एक गृहणीले बताइन l
दशैंमा मिठो मसिनो र परिकारका खाने हाम्रो सपना चकनाचुर भयो भन्दै देशको यो स्थिति छिटो भन्दा छिटो नेताले समाधान गर्नु पर्ने आक्रोश पोखेका छन् l
बिभिन्न देशमा रहेका नेपालीले नेपालको बिग्रदो अवस्था देख्दा मन कटक्क खान्छ भनि सवालको जवाफ यसरि व्यक्त गरे l दशैं जस्तो चांडमा यस्तो हालत देख्दा मन कुडिएको भन्दै नेताहरुले राजनैतिक पहल गरि तुरुन्तै समाधान नगरे ठुलो बिप्पति आई लाग्ने छ भनि चिन्ता लागेको बताएका छन् l
प्रतिक्रिया