कोईरालाको राजनैतिक आत्महत्या

इनेप्लिज २०७२ कार्तिक ५ गते १:३४ मा प्रकाशित

Top-335x232

बीपीको टेकोमा उभिएको काग्रेसको गतिबिधी गहिरिएर हेर्ने हो भने यो दल सिमित दायरा भित्रबाट मात्र सन्चालन भएको पाईन्छ । नेताहरु बिच गुट र उपगुट खडा गर्ने परम्परागत परिपाटीले थेरै पटक सबक खाएको काग्रेसले अझै चेतेको पाइदैन । काग्रेसका महा मानव गणेशमान र सस्थापक कृष्ण प्र भट्टराई जस्ता हस्तीहरुको बेईजत र अपमान गर्ने पनि यही काग्रेसको गुटगत राजनिती हो भन्दा दुई मत नहोला “

राजनितीका चतुर खेलाडि:

गिरिजा प्रसाद कोईरालाका अति बिस्वास पात्रका रुपमा लामो समय सम्म किचेन क्यबिनेटमा रहेका र सँगत गरेका सुशिल कोईराला राजनितीका चतुर खेलाडी हुन । उनलाई सोझो र साधा भनेर बयान गर्नेले गिरिजाकाल सम्झनु आवस्यक छ । प्रजातान्त्रीक सस्थाको दुहाई दिएर कहिले नथाक्ने काग्रेसका शिर्श नेताहरुले बुझुन कि सस्थालाई घरेलु र पारिवारिक रङ दिदा सम्पूर्ण कार्यकर्ता माझ एकदिन एक्लिनु पर्ने अवस्थाको सृजना आजको यथार्थ हो ।

काग्रेसको अराजनीतिक निर्णय:

केन्द्रीय कार्यसमितिमा पार्टीले फेरि सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा अत्यधिक बहुमत भए पनि बर्तमान राजनैतिक अवस्था र राष्ट्रप्रेममा एकजुट भएका जनताको अभिमत लाई ध्यान दिदै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण प्र. सिटौला, सहमहामन्त्री पुर्ण ब. खड्का, वनमन्त्री महेश आचार्य भने त्यसको विपक्षमा थिए। उनीहरू बिच भएको १६ बुँदे सहमतिका बेला एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संयुक्त सरकार र कोइरालालाई सर्वसम्मत राष्ट्रपति बनाउने लबिङमा थिए।

तीन दल भित्र भएको भद्र सहमतीमा खरो उभिन नसक्नु र सिमित किचन क्यबिनेट बाहेक सिङो काग्रेसका कार्यकर्ता, देश र जनताको भावना प्रस्ट हुँदा हुँदै पनि यथार्थ बुझ्न नसकि प्रधानमन्त्रीमा उठने अराजनितिक निर्णय नै सुशिल कोईरालाका लागी राजनैतिक आत्मह्त्या सरह हुन पुगयो ।

काग्रेस भित्रको गुट्गत परिपाटी:

बीपीको टेकोमा उभिएको काग्रेसको गतिबिधी गहिरिएर हेर्ने हो भने यो दल सिमित दायरा भित्रबाट मात्र सन्चालन भएको पाईन्छ । नेताहरु बिच गुट र उपगुट खडा गर्ने परम्परागत परिपाटीले थेरै पटक सबक खाएको काग्रेसले अझै चेतेको पाइदैन । काग्रेसका महा मानव गणेशमान र सस्थापक कृष्ण प्र भट्टराई जस्ता हस्तीहरुको बेईजत र अपमान गर्ने पनि यही काग्रेसको गुटगत राजनिती हो भन्दा दुई मत नहोला।

यस्तै गुट र उपगुटको परिपाटीका कारण हाल वरिपरी घेरेर बस्नेहरुले अन्तमा सुशिल कोईरालालाई बलिको बोको सरह बनाए । सम्मान साथ पाएको रास्ट्रपती र सम्बिधान निर्माण का दौरान जनताबाट पाएको राष्ट्रबादीको तक्मा को प्रतिस्ठालाई समेत एकै झट्कामा तिलान्जली दिए सुशिलले । आफुले जन्माएको र हुर्काएको दलबाट पाएको अपमानको पिडा कस्तो हुन्छ भन्ने कुरा स्व कृष्ण प्र भट्टराई बाहेक कोईराला खलकले ऐले आएर महसुस गरेको हुनु पर्दछ । काग्रेसका कार्यकर्ताहरु खुलेरै भन्न थालेका छन कि-“भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काध थाप्न सकिदैन”! यसको अर्थ सुशिल कोईराला र उनको किचन क्याबिनेटले छिट्टै बुझुन ।

असफल कूटनीति:

नेपालमा विदेशी राजदूतले परराष्ट्र मन्त्रालयको जानकारी बेगर उच्च पदाधिकारीलाई बारम्बार भेट्न छुट छ तर देशमा समस्या आइपर्दा छिमेकी भारतका प्रधानमन्त्रीलाई कुरा राख्न नसक्नु कोईराला सरकार लगायत सिङो काग्रेसको असफल कूटनीतिको ज्वलन्त उदाहरण हो। देशको छविमा आँच पुग्ने गरी कूटनीतिक मर्यादा, नैतिकता र प्रोटोकल विपरीत भारतीय गतिबिधी लाई प्रोत्साहित गरिनु सुशिल कोईरालाका लागी घातक भएको अनुमान गर्न सकिन्छ ।

काग्रेस भित्र सल्किएको भुसको आगो:

चर्चित कांग्रेस नेता गगन थापाले पार्टी अन्तैबाट चलेको अभिब्यक्ति दिए र सुशीलको उम्मेदवारी दिने निर्णय प्रति गम्भिर असन्तुष्टि जनाए । सहमहामन्त्री पूर्णवहादुर खड्काले भारतले फसाएको र जिम्मेवारीमा बस्न मन नलागेको भन्दै पद नै छोडेको घोषणा गरे । काग्रेस सांसद बद्री पाण्डेले भने -‘हाम्रा नेताले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै सिध्याउने घीनलाग्दो खेल खेले। यो दनदनी सल्किएको भुसको आगोलाई निभाउन काग्रेसलाई धेरै समय कुर्नु पर्नेछ ।

कोईरालाको कुर्सी मोह र भारतको सेफ ल्यान्डिङ:

बाहिर जे जती हल्ला र अट्कल गरिएता पनि अन्तिम अवस्था सम्म कोईराला आफु निर्बाचित हुने कुरामा ढुक्क भएर नै प्रधानमन्त्रीमा उम्मेद्वारी दर्ता गराएका थिए । नेपाल भित्र र बाहिर खनिएको भारत बिरोधी आवाज, भारतीय नाकावन्दीवाट एकजुट भएको नेपाली राष्ट्रवाद र के पि ओली प्रतीको नेपाली हेराईले भारत केहि हद सम्म तर्सिएको अनुमान गर्न सकिन्छ । मधेसबादीका केहि माग सम्बिधानमा सन्सोधन गर्ने सहमती भै सकेको अवस्थामा कोईरालाले सोचेका पनि थिएनन कि उनको पराजय नै भारतको लागी मधेसबादी आन्दोलन तुहाउने र नाकाबन्दी खुलाउने सेफ ल्यान्डिङ थियो । आखिर भारतले केपी ओलीको बिजय पस्चात हतार गर्दै बधाई दियो र नाकाबन्दी खोल्यो । यसबाट यकिन का साथ अनुमान गर्न सकिन्छ कि जित्न उठेका कोईरालाले बिस्वासमा परेर अन्जान मै कुर्बानी दिए । नेपाललाई फायदा होला तर बैतर्नी तर्ने बेलाका कोईरालालाई आफ्नै दलबाट नराम्रो अन्तर्घात भएकै हो ।

अब काग्रेसले के गर्नु पर्दछ?

अब काग्रेसले प्रतिपक्षको भूमिका लाई एउटा जिम्मेवार ठुलो दलका रुपमा प्रस्तुत गरी जनता सामु आफु लाई चोख्याउनु पर्नेछ । सम्बिधान निर्माणमा जसरि महत्वपुर्ण योग्दान गरेको छ काग्रेस ले त्यसै गरी प्रतिपक्षमा बसेर पनि सम्बिधानको कार्यान्वनको लागी उल्लेखनिय योगदान दिन कुर्शी ताक्नु हुँदैन । भारतीय नाकावन्दीवाट एकजुट भएको नेपाली राष्ट्रवाद लाई प्रोत्साहित गरी आत्मनिर्भर हुने बिकल्पको खोजीमा जनताको अगुवाई गर्नु पर्दछ । यस बाट जनताको बिस्वास जिती आफ्ना कमी कमजोरीहरु लाई सच्याउने अवसर को सदुपायोग गर्नु बुद्दिमता पुर्ण कार्य हुनेछ । भुकम्पले थला परेको देश र जनतालाई राहत र पुनर्निर्माणका कार्यक्रममा काग्रेसले जनताको घाउमा मलम लगाउन सक्नु पर्दछ ।

भुसको आगो झै सल्किएको आफ्नै घरको आगो लाई सदाका लागी निभाउन अनुभबी, बिबेकी र लोकप्रिय युबा नेताहरुलाई काग्रेसले महत्वपुर्ण जिम्मेवारी दिदै बृद्द नेताहरुले बिश्राम लिनु नेपाली काग्रेसका लागी लाभदायक हुने छ ।

प्रतिक्रिया