लिबरलको जित र एनआरएन क्यानाडाको सोच

इनेप्लिज २०७२ कार्तिक ४ गते ८:०१ मा प्रकाशित

AIbEiAIAAABDCKCYzNbuvcWaByILdmNhcmRfcGhvdG8qKGRhNjlkN2YxNjM4MDQ3ZjM2YWI0YjVmZWFlOTA3ODA3YjliMjMzZDgwAQs5H8ml__yvvpIxLWYeOWeeqdJCभर्खर सम्पन्न क्यानाडाको चुनावले जनताले परिवर्तन खोजेको प्रमाणित गरीदिएको छ । यो चुनावको नतिजा कुनै अप्रत्यासित नभएर वास्तविक रहेको छ । अहिलेसम्म अत्पमतको सरकार डो¥याउदै आएको हार्परको हारले लिबरललाई बहुमतमा पु¥याइदिएको छ । यसैको परिणाम हो लिबरल पार्टीले १ सय ८४ सिट जितेर बहुमत पाएको छ । अन्टारियो प्रान्तीय लिबरल सरकारले यौन शिक्षा ल्याउनेको विरोध गरीरहेको अन्टारियोका मुश्लिम समुदायले लिबरललाई मत नदिदा नतिजा विपरित जाने आसंकामा लिबरलको जितले जनतामा हार्पर सरकारबाट मुक्ती चाहेको पष्ट भएको छ । मुख्यतः आप्रवासी नीतिमा अनावश्यक परिवर्तन ल्याएर रोकिएको फायलहरु चडै गर्ने नाममा सुपर भीसाको बाटो देखाएर क्यानाडाका वासिन्दा र नागरिकमाथि आफ्ना प्रियजन बोलाउने कार्यमा अनावश्यक आर्थिक भार थोपरिदिएर लिबरलले निरन्तरता दिदै आएको आप्रवासी प्रक्रियामा नै तगारो लगाउने काम गर्नाले पनि हार्पर सरकारको कार्यप्रणाली प्रति धेरै जनता रुष्ट थिए । त्यसैको नतिजा बनको छ यसपटकको चुनावको निश्कर्ष ।

विभिन्न संचार माध्यमहरुले मत सर्वेक्षणका आधारमा अल्पमतको सरकार बन्न सक्ने घोषणा गरेको थियो तर सोमबारको नतिजाले सबैको विचारलाई गलत साबित गरीदियो । नयाँ प्रधानमन्त्रीको पद ग्रहण गर्नअघि चुनावको नतिजा आउनासाथ लिबरल नेता जस्टिन टुडोले सहयोगीहरुलाई धन्यवाद दिन थाले भने भोलीपल्ट पार्लियामेन्ट हिल (संसद भवन) जानेक्रममा सार्वजपनक यातायात प्रयोग गर्दै बाटोमा, बसमा, सब वे (ट्रेन) भेटेका सबै मतदाताहरुलाई हात मिलाएर धन्यवाद दिदै पुगेका थिए । उनका पिता पियर इलियोट ट्रुडोको नाम क्यानाडाको इतिहासमा एक सफल प्रधानमन्त्रीका रुपमा परिचय पाउदै आएका छन् । पुर्व प्रधानमन्त्रीका जेठो छोरा ४२ बर्षिय जस्टिन पेर्रे जेम्स् ट्रुडोको जन्म क्रिसमस पर्वको दिन २५ डिसेम्बर १९७१ मा भएको थियो । टु«डोका भाइ मिसेल टु«डोको २३ वर्षको अल्पायुमा भएको दुखद निधनले उनको परिवारलाई केही समय शोकाकुल बनाएर राखेको थियो । मिसेलको मृत्यु ब्रिटिश कोलम्बियाको कोकनी ग्लेसियर पार्ककमा नोभेम्बर १३, १९९८ मा डुबेर भएको थियो र अहिलेसम्म उनको लास पाइएको छैन । टु«डोले बाल्यबालदेखिनै समाजसेवाप्रति चासो राख्दै आएको र उनले म्याकगिल युनिभर्सिटी र व्रिटिस कोलम्विया युनिभर्सिटीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेपछि विद्यालय शिक्षकको रुपमा अध्यापन कार्य गर्दै समाजसेवा पनि गर्दै आएका थिए । उनको विवाह शोफिया संग २००४ मा भएको थियो । सोफियाले पत्रकारिता गर्थिन । तीन छोराछोरीका बाबु ट्रुडोले २००७ देखि राजनिति शुरु गरेर २००८ मा लिबरल पार्टीका तर्फबाट सांसद भएका थिए । त्यसपछि ट्रुडो २०११ र २०१५ मा पनि जितेर पार्टीको नेतृत्वमा आप्रवासी, बहुसांस्कृति र युवा क्षेत्रमा काय गर्दै आएकाले आप्रवासीहरुका लागि उनको सोच सकारात्मक रहे विश्वास गरिन्छ ।

चुनावमा घोषणा गरेका केहि योजनाहरु (चुनाव घोषणा साभार नव सन्देश)

१ करः क्यानडामा २ लाख भन्दा बढी बार्षिक कमाइ हुनेको करमा बृद्धी गरी मध्यम बर्ग जसको कमाइ ४४ हजार ७ सय देखि ८९ हजार ४ सय १ भित्र पर्दछ उनीहरुलाई कर छुट दिने जसले बार्षिक साढे ६ सय डलर भन्दा बढीको सुविधा पाउनेछन ।

२ म्यारिज्वाना९गाँजा०प्रयोगको बैधानिकरणः क्यानडामा पहिलेदेखिनै बहसमा रहेको बिषय हो म्यारिज्वानाको वैधानिकरण । यसलाई लिबरल पार्टीले आफ्नो चुनावी एजेण्डा बनाएको थियो । अहिले अवैधानीक रुपमा विक्रिवितरण भइरहेको यसको व्यापारलाई वैधानिकता दिने हो धेरै ट्याक्स उठ्न सकने लिबरलको ठहर छ ।

३ विल सि–५१ः कन्जरभेटीभ सरकारले आप्रवासीहरुले पाएको नागरिकता आतंककारी गतिविधिमा संलग्न भएको ठहर भएमा रिभोक गर्न सकिने गरि ड्राफ्ट गरेको विबादास्पद विल सि ५१ लाइ लिबरल पार्टीले यसका समास्याजनक प्राबधान हटाई क्यानेडियनहरुको अधिकार र स्वतन्त्रता संगै सामुहिक सुरक्षालाई सन्तुलित राख्ने अझै राम्रो कानुन कानुन बनाउने ।

४ सांस्कृतिक हिसावले लगाउने जस्तोसुकै पहिरनलाई पनि लिबरले आधारभुत अधिकार भनेको छ ।

५ परिवारको पुनर्मिलनलाई महत्व दिई बाबुआमा तथा हजरबुवा हजुरआमाको पीआरको लागी कन्जरभेटिभले राखेको प्रतिबर्ष ५ हजारको क्याप लाई बढाइ १० हजार बनाउने । त्यस्तै अध्यागमन प्रकृयामा बजेट बृद्धी गरी प्रकृया छिटो गराउने ।

६ वर्तमानको युनिभर्सल चाइल्ड केयर सुविधालाई प्रतिस्थापन गरि प्रतिबर्ष २५ सय डलर बनाउने तर बर्षमा २ लाख डलर भन्दा बढी कमाउनेले यो सुविधा पाउने छैनन् ।

७ ट्याक्स फ्रि सेभिड एकाउण्टको दायरा बढाएर ५५०० बाट १०,००० पुर्याउने ।

८ विद्यार्थीहरुले अध्ययनका क्रममा लिएको रिण उसको २५ हजार बार्षिक कमाइ नहुन्जेलसम्म तिर्नुनपर्ने जहिले देखि बार्षिक कमाई २५ हजार हुन्छ त्यसपछि भने यो तिर्नुपर्नेछ । त्यतिन्जेलसम्मको व्याज संघिय सरकारले तिर्नेछ । त्यस्तै ग्राण्डको रकम बृद्धि हुनेछ ।

ट्रुडोको सफलतापछि उनले चाल्ने कदम कस्तो रहनेबारे सबैको ध्यान त्यसैमा रहेका छ । नेपाली समुदायका लागि ट्रुडोको जितले

प्रतिक्रिया