बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १७:०५
वासिङटन डिसी 06:20

कोलोराडोमा दसैं सांझ सम्पन्न (फोटो फिचर)

इनेप्लिज २०७२ कार्तिक ४ गते ७:५१ मा प्रकाशित

BRTNEPAL (19)

कोलोराडो-आपसी सदभाब र शुभकामना आदानप्रदान गर्दै कोलोराडोका नेपालीहरुले हिन्दूहरुको महान चाड दशै मनाएका छन । डेनभर स्थित याक एन्ड एती रेस्टुरेन्टमा यही अक्टोबर १८ का दिन स्वादिस्ट भोजन र बिबिध कार्यक्रम सहित मनाइएको छ । अरोरा निवासी गंगा चौलागाइ र बासु दाहालको पहलमा भएको उक्त शुभकामना कार्यक्रममा भुटानीमुलका नेपालीहरुको समेत सहभागिता थियो।

BRTNEPAL (1)

बिभिन्न आकर्षक नृत्य तथा गजल, कबिता र गीत गायन द्वारा मनोरन्जन प्रदान गरिएको थियो । गायक सरोज दत्त, प्रतिभा कार्की र बासु दाहालले गीत, पदम विश्वकर्मा, भुपेन्द्र महत र कुमार जंग कार्किले गजल र कबिता सुनाएका थिए भने सस्कृती नेपाल तथा भुटानी कलाकारको बेजोड नृत्यको प्रस्तुति रोचक थियो । सानी नानी रेहना कार्कीको बाल सुलभतामाले भरिएको आकर्षक नाँचले सबैलाई मुग्ध बनाएको थियो । कार्यक्रमको अन्य आकर्षणमा पुरुषहरू नेपाली पाेशाक दाैरा सुरुवाल र नारीहरू सारी चोलोमा सजिएका थिए ।

BRTNEPAL (17)

गैरी खेतको शिरै हान्यो, बसमा छैन यो मन, मायाले बाँध्यो, चट्ट रुमाल जस्ता बिभिन्न नृत्यहरुमा मीरा गुरुङ, सिर्जना गुरुङ, मालती, गंगा दाहाल, जमुना दाहाल, शौरभ, सुनिल तथा साथीहरुको साथले अरोराको दशै रमाइलो भनेको थियो । गंगा चौलागाइको उद्घोषणामा भएको उक्त कार्यक्रममा आकर्षक राफलको समेत ब्यबस्था गरिएको थियो ।
फोटो: भुपेन्द्र महत, नम्रता पोखरेल, शैलेश पोखरेल

प्रतिक्रिया