धुमिल बनेको छवि बदल्दै चर्चित मोडल तिर्सना

इनेप्लिज २०७२ कार्तिक ४ गते ०:०० मा प्रकाशित

matatकाठमाडौं । कुनैबेला बाथरुममा नुवाईरहेको तस्वीर सामाजिक सञ्जालमा हालेर एकाएक विवाद र चर्चाको शिखरमा पुगेकी नेपाली मोडलिङ्ग क्षेत्रकी चर्चित सदावाहार मोडल तिर्सना बुढाथोकी पछिल्लो केही समययता विल्कुलै नयाँ र पृथक ढंगले अघि बढिरहेकी छिन् ।

विशेष गरी उत्तेजक हाउभाउ युक्त तस्वीर सोही प्रकारको अभिव्यक्तिका कारण बुढाथोकी चर्चामा आउने गरेकी छन् । तर गत बैशाख महिनामा नेपालमा गएको महाभूकम्पपछि उनी एकाएक फरक ढंगले सामाजिक काममा अघि बढेकी छन् भने उनका तस्वीरहरु पनि एकदमै पृथक र समाजले पचाउन सक्ने ढंगले सार्वजनिक हुन थालेका छन् । महाभूकम्पका बेला सिँगो देश रोइरहेका बेला तिर्सनाको धादिङ्ग स्थित घर पनि पूर्ण रुपमा ध्वस्त भयो । उनकी हजुरआमाले पनि महाभूकम्पमा नै परेर ज्यान गुमाउनुप-यो । त्यो राष्ट्रिय संकटको घडिमा तिर्सना कर्मथलो काठमाडौंका कुना काप्चा होस् वा धादिङ्गका दूर दजार नै किन नहोस्, सम्भव भएसम्मका स्थानमा पुगेर भूकम्पले उत्पन्न गरेको घाउमा मल्हम लगाउने कोशिष गरिन् ।

अनि त्यस लगत्तै मुलुकमा भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा भएका राष्ट्रिय स्वधिनताको आन्दोलनमा उनि उनले राष्ट्रिय झण्डालाई उचो राख्दै आन्दोलनमा उनले आफूलाई सक्रिय रुपमा सहभागी गराईन् । त्यतिमात्रै होइन, काठमाडौंको मनमैजु क्षेत्रबाट महिलाहरुले निकाल्ने ¥याली र जुलसको नेतृत्व उनी आफैंले गरिन् । त्यतिबेलाको उनको यो अभियानलाई राष्ट्रिय सञ्चारमाध्यमले विशेष स्थान दिए । भारतको नाकाबन्दी जारी हुँदैगर्दा यतिबेला सबैतिर दशैंको मौशम छ । मोडल तिर्सना भने यतिबेला दशैंमा पुजा गर्ने शक्तिस्वरुपा नवदुर्गा भगवानीको विभिन्न स्वरुपसहितको फोटोसहित पुःन सार्वजनिक भएकी छन् ।

आफूलाई फरक र समाजकै अभिन्न अंगको रुपमा रहेको भान गराउने उद्देश्यले उनले नवरात्रभर मनाईने नवदुर्गाका विभिन्न स्वरुपसहितको फोटो सेसन गरेकी छन् । नवदुर्गाको रुपमा आफूलाई सार्वजनिक गर्ने कोशिषमा रहेकी तिर्सनाको दुर्गा स्वरुपी फोटो यतिबेला विशेष गरी अनलाईन मिडियाको खुराक बनेको छ । जनपुकार डटकमसँगको कुराकानीमा उनले आफूले निक्कै ठूलो मेहनत र खर्च गरेर यो फोटो सेसन गर्न सम्भव भएको भन्दै यसलाई सकारात्मक रुपमा लिन सबैलाई आग्रह गरिन् । उनले सार्वजनिक गरेका केही फोटो मध्ये दुईवटा फोटोमा देवीको रुप धारण गरेकी छन् भने एउटामा कालीमाताको रुप । उनले सार्वजनिक गरेको फोटो मध्ये एकमा देवीको रुप धारण गरेर दानवलाई कुल्छिएकी छन् भने अर्को फोटोमा भगवान् शिवलाई कुल्चिएकी छन् ।

धर्मशास्त्रका अनुसार महिषाशुर दानवहरुलाई नास गर्दै क्रुर बनेकी कालीको रिस शान्त पार्न शिव भगवान पनि लम्पासर परेको र पछि कालीमाले शिवलाई देखेपछि बल्ल रिस शान्त भएको किंवदन्ती रहेको र सोही अनुसार आफूले शिवलाई कुल्एिका प्रतिक्रिया उनले दिएकी छन् । धादिङ्गको सल्यानकोट गाविसमा जन्मिएकी तिर्सना समय सापेक्ष रुपमा आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने मनस्थितिमा देखिएकी छन् ।

त्यसैले उनले आफूलाई समय अनुसार परिवर्तन गर्दै लगेको र अन्य काम भन्दा पनि समाजसेवालाई विशेष महत्व दिएको बताउँछिन् । दशैंको यो माहौलमा अहिले कालीमाता र भगवतीको रुप धारणा गरेर फोटो खिच्ने मोडल बुढाथोकीले यसअघि नै केही गीत तथा चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । समाजका सामू उनको बारेमा हुने विभिन्न खाले टिका टिप्पणीका समुल नष्ट गर्न तिर्सनाले साँच्चै आउँदा दिनमा समाजका लागि कालीमाताकै भूमिका निर्वाह गर्छिन् गर्दिनन्, त्यो आउँदा दिनले देखउला । प्रस्तुत छ तिनै मोडल बुढाथोलीले यसपटकको दशैंमा दुर्गा भगवाती र कालीमाताको स्वरुप सहित सार्वजनिक गरेका केही तस्वीरहरु :

matat kalit durgat

प्रतिक्रिया