बुधबार, मंसिर १७ २०७७
काठमाडौं १५:४८
वासिङटन डिसी 05:03

संविधानमा त्रुटि भए सच्याउन सकिन्छ: सिटौला

इनेप्लिज २०७२ कार्तिक ३ गते १५:४९ मा प्रकाशित

krishna-sitaulaइनरुवा, ३ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानले सबैको माग समेटेको दाबी गर्दै केही त्रुटि भए त्यसलाई राजनीतिक सहमतिका आधारमा सच्याउन सकिने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेसले आज आयोजना गरेको चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान गतिशील भएकाले त्यसमा जायज मागलाई समावेस गरी संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले सङ्घीयता, नागरिकता प्रावधान र शासन प्रणाली उत्कृष्ट रहेको जिकिर गर्दै शिशु अवस्थामा रहेको संविधानलाई हुर्काउने जिम्मेवारी सबै राजनीतिक दलको भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया