बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:३०
वासिङटन डिसी 23:45

अमेरिकामा उज्ज्वल ठकुरीलाई पुन पदक प्राप्त

इनेप्लिज २०७२ कार्तिक ३ गते १५:२१ मा प्रकाशित

IMG_0847

अमेरिकाको बाल्टिमोरमा भएको ३३ औ बार्षिक ब्याटल अफ बाल्टिमोर नामक प्रतियोगितामा नेपाली मुलका भुतपुर्ब शितेरियो खेलाडी उज्ज्वल ठकुरीले अर्को पदक प्राप्त गर्न सफल भएका छन् l

गत आइतबार अक्टोबर १८ तारिख सम्पन्न खेलमा ४० देखि ५० बर्ष उमेरका ब्लाक बेल्ट समुहको प्रतिस्प्रद्धामा दोश्रो स्थान प्राप्त गरेका छन् l

४ महिनाको अवधि (जुलाई ३१ देखि अक्टोबर १८ )मा उनले ८ खेल खेलेर नया किर्तिमान कायम गर्न सफल भएका छन् भने डिसेम्बर ३० भित्रमा १० खेल खेल्ने लक्ष्य लिएका ठकुरीले बिजयी भएमा ६ महिनामा १० खेल खेली पदक जित्ने पहिलो खेलाडी हुने उनले दाबि गरेका छन् l र यसको लागि आफुले कुनै कसर नछोड्ने बताए l

बिजयी प्राप्त भए पछि आफु परदेशमा भए पनि मात्री भुमि प्रति नतमस्तक हुदै म नेपालको र नेपाली हु भन्दै सदैब नेपालको झन्डा फहराउन पाउदा हर्ष लागेको बताए l

ठकुरीले अगाडी भने उमेरले खेलाडीको प्रतिभालाई कहिले रोक्दैन भन्दै अमेरिका जस्तो देशमा हरेक सुबिधा भएको र खेलाडी पनि राम्रो भएता पनि सबैको हौशला र माया पाएकोले मैले नेपालको नाम राख्न केहि हद सम्म कोसिस गरेको छु भने l

प्रतिक्रिया