बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०२:३४
वासिङटन डिसी 15:49

चुम्यो दिक्तेल नगरपालिका वडा नं–१ ले कपको उपाधि

इनेप्लिज २०७२ कार्तिक ३ गते २:४२ मा प्रकाशित

खोटाङ, ३ कात्तिक । ‘दिक्तेल नगरपालिका कप २०७२’ को उपाधि वडा नं– १ ले चुमेको छ । सोमबार बेलुका सम्पन्न प्रतियोगितामा वडा नं– २ लाई ४–० गोल अन्तरले हराउँदै वडा नं–१ ले उपाधि चुमेको हो ।

उपाधिसँगै वडा नं–१ ले रु ४० हजार नगदसहित शिल्ड, कप र प्रमाणपत्र हात पारेको छ । उपविजेता वडा नं–२ ले नगद रु २५ हजार शिल्ड, कप र प्रमाणपत्र पाएको छ ।

‘खेलकुदमार्फत अनुशासन र विकास’ भन्ने नारासहित दिक्तेलको सोल्मास्थित नयाँ खेल मैदानमा गत असोज २६ गतेदेखि भएको प्रतियोगितामा वडा नं–६ र १० सेमिफाइनलिस्ट भएका छन् । वडा नं–१ का शैलेष बजिमय उत्कृष्ट खेलाडी घोषित भए ।

दिक्तेल नगरपालिका र सोल्मा स्पोटर्स क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा वडा नं–१० अनुशासित समूह घोषित भएको छ भने सोही समूहका राजकुमार राई उत्कृष्ट गोलरक्षक छानिएका छन् । पन्ध्र समूहको सहभागिता रहेको प्रतियोगितामा वडा नं– ५ ‘बि’का चिरण राई उत्कृष्ट डिफेण्डर घोषित भए । वडा नं–७ का रविन राई उत्कृष्ट मिडफिल्डर छानिएका छन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता वडा नं–२ का रोजन खत्री घोषित भएका सोल्मा स्पोटर्स क्लब सोल्माका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उत्कृष्ट टिमकोचमा वडा नं–१ का सूचन राई भएका आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाइनलिस्ट दुवै समूहले रु १२÷१२ हजार प्राप्त गरेका छन् भने उत्कृष्ट किपर, मिडफिल्डर, प्लेयर, स्कोररलाई जनही रु दुई हजार २२२ नगदका साथमा ट्रफी र कप प्रदान गरिएको छ ।

प्रतिक्रिया