सोमबार, मंसिर १५ २०७७
काठमाडौं ११:२१
वासिङटन डिसी 00:36

मोदीसँग भेट गरेका कमल थापालाई मधेसी दल फकाउने जिम्मेवारी

इनेप्लिज २०७२ कार्तिक २ गते २३:३४ मा प्रकाशित

काठमाडौं, २ कात्तिक । सरकारले आन्दोलनरत थारु र मधेसी केन्द्रित दलहरूसँग वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका उद्योगमन्त्री सोमनाथ पाण्डेले जानकारी दिनुभयो ।

वार्ता टोलीको सदस्यहरूमा कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र विनाविभागीय मन्त्री रामजनम चौधरी रहनुभएको छ ।

u}/cfjf;Lo g]kfnL ;ª3 -Pgcf/PgP_sf] ;ftfF} cGt/f{li6«o ;fwf/0f;ef tyf ljZj ;Dd]ngsf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ pkk|wfg tyf k//fi6«dGqL sdn yfkf . tl:a/ M k|bLk/fh jGt, /f;;

वार्ता टोलीले आन्दोलनरत थारु र मधेस केन्द्रित दलहरूसँग वार्ता गर्नेछ । वार्ता टोलीमा प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि सहभागी गराइने मन्त्री पाण्डेले बताउनुभयो । यद्यपि वार्ता टोलीमा बस्ने वा नबस्ने कांग्रेसले केही जनाएको छैन ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय मन्त्रीहरूसँग भेट गरेका थापालाई सरकारले मधेसी दलहरूसँग वार्ता गरी निकास खोज्ने जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकले कारागार नियमावली संशोधन गरेको छ । सरकारले कैदीहरूको सजाय घटाउने गरी कारागार नियमावली संशोधन गरेको हो ।

संशोधित नियमावलीअनुसार अब ४० प्रतिशत कैद भुक्तान गरेका तथा ६५ वर्ष उमेर पुगेका कैदीलाई सरकारले कैद मिनाहा गर्ने बाटो खुलेको छ ।

यसअघि कैद मिनाहाका लागि ५० प्रतिशत कैद भुक्तान गरेको वा ७० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया