राष्ट्रसंघका महासचिव बानले सुशीललाई पठाए यस्तो पत्र

इनेप्लिज २०७२ कार्तिक १ गते १६:०३ मा प्रकाशित

Un-ban-ki-moonकाठमाडौं, १ कात्तिक । संयुक्त राष्ट्रसङघका महासचिव बान की मुनले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक विकास र शान्ति प्रक्रियालाई टुङ्ग्याउन निर्वाह गर्नुभएको अमूल्य योगदानको सराहना गर्दै कोइरालाको प्रशंसा गर्नुभएको छ । महासचिव बानले पूर्वप्रधानमन्त्री कोइरालालाई आज एक पत्र पठाई संयुक्त राष्ट्रसङ्घलाई उहाँले आफ्नो कार्यकालमा गर्नुभएको सहयोग र समर्थनको पनि प्रशंसा गर्नुभएको छ ।

महासचिव बानका प्रतिनिधि एवम् राष्ट्रसङ्घको राजनीतिक मामिलासम्बन्धी एसियाप्रशान्त महाशाखाका प्रमुख शिन उमेजुले उक्त पत्र आज हस्तान्तरण गर्नुभएको हो । महासचिव बानले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले नेपालले अहिले झेल्नु परेका चुनौतीहरुको दिगो निकास निकाल्नेमा आफू विश्वस्त रहेको पत्रमा उल्लेख गर्नुभएको छ । साथै उहाँले संविधान निर्माणको कठिन कार्य र जटिल सङ्क्रमणकालमा अतुलनीय योगदान गरेर नेपाललाई संविधान दिएकामा पूर्वप्रधानमन्त्री कोइरालाको सराहना पनि गर्नुभएको छ । रासस

प्रतिक्रिया