शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २३:४०
वासिङटन डिसी 12:55

सुरक्षा फौजको कारबाहीमा ४२ तालिवान लडाकूको मृत्यु

इनेप्लिज २०७२ कार्तिक १ गते १४:५० मा प्रकाशित

afaganistan-1024x722काबुल (अफगानिस्तान), १ कात्तिक । सरकारी सुरक्षा फौजले गएको २४ घण्टाभित्र विभिन्न स्थानमा चलाएको कारबाहीमा कम्तिमा ४२ जना तालिवान लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी सुरक्षा कारबाहीमा गएको २४ घण्टाभित्र ४२ जनाको मृत्यु भएको बताएको हो । त्यस्तै ३१ जना लडाकू घाइते भएको र अन्य दुई जनालाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।

सुरक्षाकर्मीले गएको दुई दिनभित्र ठूलो सङ्ख्यामा सडक तथा बस्ती वरिपरी विच्छाइएका बम तथा साना विस्फोटक पदार्थलाई सुरक्षित विस्फोट गराएको मन्त्रालयले जारी गरेको उक्त विज्ञप्तिमा बताइएको छ ।

झडपका क्रममा पाँच जना सैनिकले साहदत प्राप्त गरेको पनि मन्त्रालयले जनाएको छ ।

तालिवान समूहद्वारा सञ्चालित हिंसात्मक घटना अफगानिस्तानको विभिन्न इलाकामा वृद्धि भएपछि नेटो नेतृत्वको सेनाले गएको जनवरी १ देखि कारबाही चलाएको हो ।

नेटो नेतृत्वको फौजले अहिले विद्रोही प्रभावित क्षेत्रमा नागरिकलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता अनुसार विद्रोहीमाथि धावा बोल्दै उनीहरुलाई आश्रयस्थलबाट लखेट्दै आएको छ ।

प्रतिक्रिया