श्रीमतीद्वारा श्रीमान्को हत्या

इनेप्लिज २०७२ कार्तिक १ गते १४:४८ मा प्रकाशित

hatyaकालीकोट, १ कात्तिक । जिल्लाको लालु–७ मा आइतबार बिहान श्रीमतीले श्रीमानको हत्या गरेको थाहा भएको छ ।

लालु–७ का ३३ वर्षका प्रेम विष्टको उनकै श्रीमती ३३ वर्षीया मीमा विष्टले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ७ बजेको समयमा पारिवारिक कलहका कारण श्रीमान्लाई हतियार प्रयोग गरी हत्या गरेको भन्दै श्रीमती मीमा विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायब निरीक्षक किसन सिंह बुडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया