शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १२:१५
वासिङटन डिसी 01:30

सांसद गोल्छालाई स्पष्टीकरण सोधिने

इनेप्लिज २०७२ कार्तिक १ गते १४:४६ मा प्रकाशित

rajya-laxmiकाठमाडौँ, १ कात्तिक । नेकपा (एमाले)ले पार्टीका सांसद राज्यलक्ष्मी गोल्छालाई स्पष्टीकरण सोध्ने भएको छ ।

समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएका गोल्छाले पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा चयन हुने दिनको व्यवस्थापिका–संसद्को बैठकमा अनुपस्थित रहेकाले कारबाही गर्न लागिएको हो ।

आजको स्थायी कमिटीको बैठकमा गोल्छालाई स्पष्टीकरण सोधी चित्त नबुझेमा सांसदबाट राजीनामा दिन निर्देश गर्ने निर्णय भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गोल्छालाई सभासद् बनाएकामा पार्टीभित्र त्यसबेला पनि टिप्पणी भएको थियो ।

प्रतिक्रिया