ड्याममा एक व्यक्ति मृत अवस्थामा फेला

इनेप्लिज २०७२ कार्तिक १ गते १४:१५ मा प्रकाशित

तनहुँ १ कात्तिक । जिल्लाको आँबुखैरेनी–३ मस्याङ्दी ड्याममा आइतबार दिउँसो अपराह्न एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार छिमेकी जिल्ला गोरखा पालुङटार नगरपालिका–३ बस्ने वर्ष ४५ का गिरबहादुर कुमाल रहेका छन् ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटना आत्महत्या कि हत्या भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया