रत्ननगर (चितवन), १ कात्तिक । साल्ट टेडिङ कर्पाेरेसन लिमिटेड चितवनले यस जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।
चाडबाडका बेला उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल सञ्चालनमा ल्याइएको हो ।
कार्यालयमा स्थापना गरिएको पसलमा नुनको बिक्री दुई दिन अघिदेखि नै सुरु गरिएको हो । चिनीको बिक्री भने आजदेखि सुरु भएको साल्ट ट्रेडिङ्ग कर्पाेरेसन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।
गत वर्ष घुम्ती पसल सञ्चालन गरेको कर्पोरेसनले यो वर्ष भने त्यसो गर्न बन्द र हडतालका कारण समस्या परेको जनाएको छ ।
चिनी वीरगञ्जबाट ल्याउनुपर्नेमा अहिले काठमाडाँैबाट ल्याएर बिक्री वितरण गरिरहेको उहाँको भनाइ छ ।
यो पसलमा अहिले बजारको भन्दा चिनी प्रतिकिलो १० र नुनमा प्रतिकिलो दुई रुपैयाँ सस्तो छ । यसकारण नुन र चिनी लिन उपभोक्ताको भिड लागेको छ ।
भोलिसम्म यो पसल सञ्चालन हुनेछ भने पूmलपातीदेखि बन्द हुनेछ । दसैंपछि यसलाई पुनः सञ्चालनमा ल्याइने दाहालले बताउनुभयो । यो वर्ष नुन र चिनीको मात्रै पसल सञ्चालन ल्याइएको हो ।
कार्यालयले चिनी ६० रुपैयाँ प्रतिकिलो र नुन प्रतिकिलो १६ रुपैयाँमा बिक्री गरिरहेको छ ।
बजारमा चिनी ७० र नुन १८ रुपैयाँमा बिक्री हुँदै आएको छ । चिनी प्रतिव्यक्ति छ किलो र नुन किलोका दरले वितरण दइएको कर्पाेरेशनले जनाएको छ ।
बिहान १० बजेदेखि साँझ ५ः०० बजेसम्म पसल सञ्चालन हुनेछ ।
प्रतिक्रिया