सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:५३
वासिङटन डिसी 21:08

परराष्ट्रमन्त्री थापा नयाँ दिल्ली प्रस्थान

इनेप्लिज २०७२ कार्तिक १ गते ४:१९ मा प्रकाशित

Vasan-335x232फर्किएर आउँदा सम्म नाकाको अवरोध अन्त्य हुने विश्वास
काठमाडौ, ३० असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा तीन दिने भारत भ्रमणकालागि नयाँ दिल्ली प्रस्थान गरेका छ ।
भारतीय विदेशमन्त्री शुष्मा स्वराजको निम्तोमा नयाँ दिल्ली प्रस्थान गरेका थापाले त्यहाँ रहँदा नाकामा देखिएको असहज अवस्था, विभिन्न समयमा भएका सहमति कार्यान्वयनको अवस्था, द्धिपक्षीय हितको विषयमा कुराकानी हुने जानकारी दिए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने–भारतसँग सौहाद्रपूर्ण रुपमा नाकामा देखिएको असहजतासहित सबै विषयमा कुराकानी हुन्छ । मेरो यो भ्रमणले नाकामा देखिएको असहज अवस्था अन्त्य गर्न फलदायी हुन्छ ।
उनले आफूले भारतसँग गर्ने कुराकानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक संयन्त्रका संयोजक प्रचण्ड, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको भन्दै आफू नेपाल फर्किदा नेपाल भारतमा देखिएको असहजता अन्त्य हुने विश्वास समेत ब्यक्त गरे ।
थापाले नयाँ दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदी, समकक्षी शुष्मा स्वराज र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारसहित राजनीतिक तहमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया