बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०७:२०
वासिङटन डिसी 20:35

समुदायको हितका लागि गतिशील र सक्षम एनएसटि (NST) चाहिन्छ I

इनेप्लिज २०७२ असोज ३० गते १:१८ मा प्रकाशित

12166984_10156214456455523_1248365161_nअमेरिकाको टेक्ससमा नेपालीको ठुलो जनसंख्या भएको नेपाली समाज टेक्सास (एनएसटी) लाई नयां चुनौती र परिस्थिती अनुसार अगाडी लैजान विजयराज भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने हुनु भएको छ । भट्टराई हाल महासचिवको जिम्मेवारीमा हुनुहुन्छ ।

edit phot

नेतृत्व लिने वारेमा मेडियाले राखेको जिज्ञासामा भट्टराईले अगुवा समाजसेवीहरुले नेपाली समाज टेक्सासलाई अहिलेको सन्दर्भमा अझ गतिशील वनाउन नेतृत्व दिनका लागि सुझाव दिईरहनु भएको छ कसरी अगाडी वढ्ने भन्नेमा अझै सल्लाह सुझाव लिईरहेको वताउनु भयो ।

औपचारिक तथ्यांक नभए पनि टेक्सासमा ५० हजार भन्दा वढी नेपाली भएको अनुमान छ । एनएसटी ५०१ (सी) ३ अन्तर्गत कर मुक्त समाजिक संस्था हो ।

2

पेशाले कम्युटर इन्जिनियर भट्टराई, आफ्नो इन्जिनीरिंग पेशा संगै समाजसेवामा हरेक गतिविधिमा अगुवा भूमिकामा देखिनु हुन्छ। हाल उहा ड्यालसमा संचालित एनएसटी स्कुलको प्रिन्सिपल पनि हुनुहुन्छ । अहिले ८६ जना विद्यार्थी एनएसटी स्कुलमा छन् ।

1221

हाम्रा केटाकेटी, किशोर यहां हाम्रा भविष्य हुन उनीहरुले चाहे अनुसारको नेपाली समाज वनाउन सक्ने व्यक्ति एनएसटीमा जानु पर्छ भन्ने मेरो मान्यता हो भट्टराईले भन्नुभयो यसमा म नै हुनुपर्छ भन्ने छैन तर, काम गर्न सक्ने नेपाली समाजलाई नयां दिशा दिन सक्ने नेतृत्व भने चाहिन्छ ।

BRN_8896

हामीले हाम्रो समुदायलाई यहांको अमेरिकी समुदायसंग जोड्ने चुनौती छ भट्टराईले भन्नुभयो र साथै जोड्नु भयो हामीले एनएसटीको स्थापनाको उद्देश्यलाई पनि भुल्नु हुदैंन । एनएसटी १९९८ मा नेपाली समुदायलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने उद्देश्यले संस्थापना भएको थियो ।

bijay 1

अमेरिकामा नेपालीको दास्रो पुस्ता वढ्ने क्रमसंगै चुनाीती पनि थपिएको भट्टराईको अनुभव छ । स्कुलमा संलग्न हुदां हुकिर्दै गरेका वालवच्चाले अभिभावकलाई वुझ्न नसक्ने र अविभावकले आफ्नो छोरा छोरी नवुझेको अवस्था छ यो दुरी ठुलो चुनौती हो भट्टराईले भन्नुभयो ।

अमेरिकामा वस्ने नेपाली मोटामोटी रुपमा ५ खालका भेटिन्छ उनीहरु विच अहिले केही दुरी छ यसलाई एनएसटी जस्ता समाजिक संस्थाले हटाउनु मद्दत पुर्याउनु पर्छ, उहांले भन्नुभयो ।

समुदायको हितका लागि अझ सक्षम र गतिशील एनएसटी अझ वढी सहयोगी हुन सक्ने हुने भट्टराईले वताउनु भयो ।

प्रतिक्रिया