ओनसरी घर्ती र नारी पृथ्वी ?

इनेप्लिज २०७२ असोज २९ गते २२:४० मा प्रकाशित

bijay-2

३८ वर्षको उमेरमा नै महिला सभामुख पदमा निर्वाचित भै नेपालको राजनीतिक इतिहासको सुनौलो अक्षरमा नाम लेखाउन सफल भईन ओनसरी घर्ती l ईतिहास मै कान्छो सभामुख हुने अवसर पाईन ओनसरी घर्तीले l

यो भन्दा ज्यादा हर्षको कुरा नेपाली महिलालाई केहि हुन् सक्दैन l महिला कहिले पनि कम्जोर हुदैनन् l क्षमता र प्रतिभा महिला भित्र निहित हुन्छ l अब समयले फड्को हानी सकेको छ l काल चक्र संगै सबै कुरा रुपान्तरित हुने निश्चित भएको प्रमाण र उदाहरण सभामुख ओनसरी घर्तीले देखाई दिईन l

रोल्पादेखि पूर्वी पहाडसम्म माओवादी सशस्त्र सङ्घर्षलाई फैलाउन विशेष भूमिका निर्वाह गरेकी निर्वाचित सभामुख घर्तीको जन्म रोल्पाको जङ्काट गाविस माडिचौरको एक साधारण किसान परिवारमा भएको हो l

नारी पृथ्वी किन हुन् ? किन पृथ्वी संग तुलना गरिन्छ l नारी वास्तब मा नै पृथ्वी हुन् । नारीको हृदय बिशाल हुन्छ l ममताकी खानी हुन् । उनिसंग सहनशीलता र धैर्यता छ । प्रशान्त महासागर झैँ शान्त स्वभाव भएकै कारण यिनीलाई पृथ्वीसंग तुलना गरिन्छ । सायद यस्तै गुणको कारण समस्त नारीहरुको प्रतिनिधित्व गर्दै घर्ति उच्च ओहदामा पुगिन l

भनिन्छ हजारौ काल अघि नारी प्रधान समाज थियो । पुरुषहरुको जालझेल र छलकपटबाट नारीहरुलाई किनारा लगाउदै बिकुल फुकी पुरुष प्रधान समाज भनि स्व : घोषणा गरे । पुरुष प्रधान देश भनि उच्चारण गरिएता पनि एक्काईसौ शताब्दीमा यो कुरा उहिलेका कुरा खुईले हुन् पुगी सकेको छ l

नारी र पुरुष समान छन् l नारी न त पुरुष भन्दा ठुली छे न पुरुष नारी भन्दा साना छन् l न नारी उच्च छे या न नारी निचा छे किनभने नारीको आफ्नै आत्म सम्मान र पृथक पहिचान छ । उ बिना त जीवनको चक्र नै चल्दैन ।भनिन्छ जुन घरमा नारी हुदैनन् त्यो घरमा भगवानले पनि बास गर्दैनन् ।

नारी रुपमा हामीले कैयौ ईस्वरको रुपमा पुज्दछौ ।यहि नै सवालको जवाफ हो । हिन्दु धर्म शास्त्र अनुसार पौराणिक कालमा गार्गीले त्यस समयका प्रकाण्ड विद्वान र ऋषि मुनिहरुलाई तर्क र बिबेकले हराएको बिबेचना गरिएको छ l अनि नारी कसरि पुरुष भन्दा पछाडी हुन्छे । नारी स्नेह कि खानी, सहनशीलता कि साक्षात देबीकि रुप हुन् । नारी, जसलाई समाजको आधा आकाशका रुपमा हामी मान्दछौ ,कयौं नारीहरु पुरुषलाई उछिनेर एक कदम अगाडी पुगिसकेका छन् । त्यसको ज्वलन्त उदाहरण सभामुख घर्ति हुन् l

पितृसत्तात्मक सोच र चिन्तनका खाल ओडेका पुरुषहरुको दानबी हर्कत कारण हजारौ बर्ष देखि कैयौ चेलीबेटी चरम यातनाका सिकार भएका छन् । तिरस्कारका अनगिन्ती आशुहरु पिउदै जिउन बिबस नारीहरु बाध्य पारिएका छन । तर समयले फड्को हानी सकेको छ l पुरुषको यहि संकुचित सोचको कारण नारी पटक पटक आक्रमणको सिकार हुन् पुग्दछन । पुरुषले नारी प्रतिको गिद्दे दृस्टी त्याग नगरे सम्म नारीले मुक्ति पाउन समय लाग्ने हुन्छ ।

मार्च १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा चीन, डोमेनिकन गणतन्त्र, अमेरिका ,ब्राजिल आदि १७ वटा देशका करिब १ सय जना महिला अधिकारकर्मीले ‘महिलाविरुद्धको सामाजिक सोचमा परिवर्तन हुनुपर्छ, महिलाहरूले पनि सामाजिक, आर्थिक एवं राजनीतिक क्षेत्रमा पुरुषसरह अधिकार पाउनुपर्छ भनि गरेको सम्मेलन पनि १०० बर्ष नाघी सक्दा पनि महिला हिँसाका घटनाहरु न्युनतम हुन् सकेका छैनन् ।

मुलकुमा नारी हकहित सम्बन्धि अधिकासं कानुन र नियम निर्माण भै सके पनि ब्यबहारिक रुपमा कम्जोर छ l अझ पनि नारीलाई हेर्ने दृष्टिकोणमा आकास जमिनको फरक आएको छैन । महिला हिंसाको शिकार भै रहेका छन् ।

दानब स्वभाव भएका पुरुष ,आफ्नो सोच र बिचारमा परिवर्तन गर्न नसकेका पुरुषको कारण नारीहरु आतंकित छन् । जब सम्म यस्ता राक्षसी प्रवृति भएकाहरु समाजमा रहन्छन यस्ता कुकृत्य घटनाहरु घट्ने सम्भावना रही रहने हुन्छ ।

नारी प्रति पुरुषको सद्भाव र श्रदा सदैब उच्च रहनु पर्छ l किनभने नारी कसैको छोरी ,कसैको बुहारी र कसैको आमा र कसैको दिदि तथा बहिनि हुन्छिन ।

नारी एक अभिभावक पनि हुन् l आफ्नो ज्यान जोखिममा राखी केहि बर्ष अगाडी अमेरिकाको कनेक्टिकट पाठशालामा २७ जनाको ज्यानमा आफ्नो प्राणको आहुति दिई साना साना बिद्यार्थीको ज्यान बचाईन । नारीको मुल्यांकन असिमित छ र उच्च छ । नारी प्रति देखाउनु पर्ने सद्भाव र श्रदाको खडेरी लागेको छ । नारीलाई केवल वस्तुसंग तुलना गर्न गर्ने सोच परिवर्तन गर्नु पर्ने हुन्छ । नेपाली जनताको मुक्तिको लागि भनि गरिएको जनयुद्धमा घर्तिले गरेको समर्पण र त्यागले उनि शिखरमा पुगिन l

जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का हुदैनन् तब सम्म नारीहरुलाई हेर्ने दृस्टीकोण तुलनात्मक रुपमा परिवर्तन हुदैन । तर घर्ति निर्वाचित भए पछि आशाका किरण पलाउन सुरु भएको छ l यो क्रम निरन्तर हुने विश्वास गर्नु पर्ने अपरिहार्यता छ

जब सम्म महिलालाई शिक्षित र आर्थिक रुपमा सशक्तिकरण गरिने वातावरणको सिर्जना गरिदैन ,तब सम्म महिला सशक्तिकरणको मूल ढोका पुरै नखुल्ने हुन्छ । तर अब ढोका खुल्न सुरु भै सकेको छ l नेपाल सरकारले महिला हिंसा अन्त्यका लागि लैंगिक हिंसा मुक्त दिवस मनाउने घोषणा गरेको छ जो अत्यन्तै सराहनीय छ सर्वत्र चर्चाको बिषय भएको छ l

तर घोषणा र दिवस मनाउने कार्यक्रमले मात्र समस्याको हल नहुने हुन्छ l यसको लागि पुरुषको ब्यबहार र सोचलाई जरा देखि उखाली फ्याल्नु पर्दछ । जे भनेता पनि नारी एक पृथ्वी हुन् l

……………………………………………………..अस्तु

प्रतिक्रिया