आइतबार, मंसिर १४ २०७७
काठमाडौं १५:३८
वासिङटन डिसी 04:53

‘ कोशीहरैंचा च्यालेन्ज कपको उपाधी कुसुमेलाई

इनेप्लिज २०७२ असोज २९ गते ७:४५ मा प्रकाशित

12088042_1216381221722450_642402643581571639_n (1)असोज २८

बेलबारी ट्राईब्रेकरमा ५—४को गोल अन्तरले शसस्त्र प्रहरी बल झापालाई पराजित गर्दै कोशीहरैंचा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कुसुमेले हात पारेको छ । विहीवार मोरङको कोशीहरैंचा रंगशालामा भएको निकै प्रतिष्प्रधात्मक फाईनल खेलमा खेल अवधि भर गोल हुन नसकेपछि ट्राईब्रेकर भएको थियो । ट्राईब्रेकरमा दुवै तर्फले एक एक गोल गोल पोष्ट वाहिर हानेको थियो । भने, एपीएपले प्रहार गरेको एउटा प्रहार कुसुमेका गोल किपर पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । विजयी संगसंगै कुसुमेले ५१ ह्जार नगद, उपविजेता एपीएफले ३१ ह्जार ट्रफी,मेडल र प्रमाणपत्र पाएका थिए । प्रतियोगिताको म्यान अफ दि म्याच गोल किपर चेम्जोङ घोषित भएका थिए । त्यसैगरी म्यान अफ दि सिरिज एपीएफका सुमित मगर र उत्कृष्ट गोल किपर आयोजक टिम एकता फुटबल क्लवका विवेक शिवाकोटी भएका थिए । बढी गोल गर्ने उपाधि कुसुमेका वर्तमान राईले पाएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा खेलकुद विकास समिति पूर्वाञ्चलका अध्यक्ष रविन नगरकोटीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिहरु समाजसेवी भोला दुलाल,कोशीहरैंचा नगरका अधिकृत गणेशराज कार्की, नगरविकास समिति कोशीहरैंचाका अध्यक्ष भगवती पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख,प्रतिनिधि तथा समाजसेवीहरु अतिथि रहेका थिए । प्रतियोगिताको लागि पिएलओ मुख्य प्रायोजक रहेका थिए । त्यसैगरी प्रायोजक र सहप्रायोजकका रुपमा रहेका स्थानीय उद्योग व्यवसायीहरु रहेका थिए । कार्यक्रम अर्जुन गजुरेलको संचालन र क्लवका अध्यक्ष विक्रम राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

12112265_1216381381722434_5066959147857541481_n

प्रतिक्रिया