आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०८:०९
वासिङटन डिसी 21:24

अमेरिकाबाट एमआरपीको लागि भरिएको कागजातले मन्त्रालयमा दुबिधा उत्पन्न

इनेप्लिज २०७२ असोज २९ गते ०:५९ मा प्रकाशित

 

Passport_20100808084425नेपाल सरकारले परदेशमा रहेका नेपालीहरुलाई चाँडो भन्दा चाडो हस्तलिखित पुरानो राहदानीको बदलामा मशीन(यन्त्र )ले पढ्न मिल्ने नयाँ राहदानी (एमआरपी) बनाउन आह्वान गरेको समयावधि यहि २४ नोभेम्बर २०१५ देखि समाप्त हुदैछ l

सरकारले हस्तलिखित राहदानीलाई त्यस समय पछि मान्यता नदिइने भएकाले विश्व भर रहेका संबन्धित दूतावास मार्फत द्रुत गतिमा एमआरपी फाराम भरि रहेका छन् l

यसरि आबेदन पत्र भर्ने क्रममा थुप्रै त्रुटि आउने गरेको बताईएको छ l पैतिश वटा देश मध्ये फारम भर्ने मा अमेरिकाबाट एमआरपीको लागि भरिएको कागजातले मन्त्रालयमा दुबिधा उत्पन्न भएको शाखा अधिकृत विजय राज तन्डुकारले अमेरिकाको डिसी बाट संचालित ईनेपलिज लाई बताए l

अमेरिका बाट भरिएका फारामहरुमा आवेदकले राम्रो संग नभरी दिने गरेकोले हामीलाई काम गर्न कठिन हुने र जस्तो भरेर पठाएको छ त्यसरी जादा गलत राहदानी बनेर जाने गरेको तन्डुकारले जानकारी गराए l

मन्त्रालयका जित बहादुर कार्कीले भने राम्रो संग आबेदन भरेको छ भने १० दिनमा राहदानी बन्ने बताउदै अधिकांसले बाकस भित्र मात्र लेख्नु पर्नेमा बाहिर लेखिएर आउदा समस्या आई लाग्ने बताए l

यसरि अलिकति गम्भीर नहुदा र अमेरिका बाट आएको लिखितम यन्त्रले पढन नसक्ने हुन्छ l तन्डुकारले अगाडी भने फारममा इमेल (बिधुतिय डाक) राख्दैनन् l यदि इमेल राखिएको खण्डमा फारम गलत भयो भने सो मार्फत जानकरी समेत गराउन सकिने हुन्छ भने l

त्यति मात्र हैन कि फारममा अमेरिकामा भएका आवेदकले नेपालमा रहेका आफ्ना कोहि मानिसको सम्पर्क राखी दिए मन्त्रालयले नेपालमा सम्पर्क गरि समाधान तुरुन्तै गर्न सकिने अवस्था पनि हुने थियो भनि जित बहादुर कार्कीले बताए l

समय छोटो भएकोले संचार माध्यमको सशक्त भूमिका हुने हुनाले यो संदेश अमेरिका भर रहेका सबैमा ईनेपलिज़ले पुर्याई दियोस भने आग्रह तन्डुकार र कार्कीले सबैमा गरेका छन् l

प्रतिक्रिया