कंगनाद्धारा सलमान माथि आरोप

इनेप्लिज २०७२ असोज २८ गते २२:१९ मा प्रकाशित

kanganaकाठमाडौ । बलिउडमा सलमान खान सँग सबै मित्रता गासेर आफ्नो सफलता सुनिश्चित गर्न चाहन्छन । तर बलिउडकी रानी कंगना रनावतले सलमानमाथि आरोप लगाएका छिन । उनले त हालै रिलिज भएको फिल्म ‘कट्टिबट्टि’ फ्लप हुनमा सलमानलाई दोषी ठहर्याउँदै आरोप लगाएकी हुन ।

किनकी सलमानले कंगनालाई ‘कट्टिबट्टि’ खेल्न कर गरेका थिए । कंगनाका अनुसार सलमानले नै उनलाई फिल्म खेल्न प्रेसर गरेका थिए । ‘क्विन’ हिट भएपछि कंगना विचार गरेर मात्र फिल्म खेल्ने सोचमा थिइन तर सलमानले कंगनालाई आकाश पाताल देखाएर फिल्म गर्न राजी गराएको र आफू कन्भिस नहुँदा नहुँदै फिल्म खेलेका कारण फिल्म फ्लप भएको कंगनाको बुझाई छ ।

तर सलमान खानले भने आफूले कंगनालाई फिल्म खेल्न कर नगरेको बताएका छन् । उनले आफूले कंगना र निखिल आडवाणीका बीचमा कुरा गर्न सहजीकरण मात्र गरेको तर त्यो भन्दा बढी केही नगरेको बताएका छन् ।संसारभरिनै फिल्म फ्लप भएपछि त्यसको दोष अरुलाई लगाउने चलन छ । कंगनाले पनि फिल्म फ्लप भएपछि सोही परम्परा पछ्याउँदै सलमानकाथि यसको दोष थोपर्ने चेष्टा गरेकी छिन् ।

प्रतिक्रिया