एनआरएनए को अध्यक्षमा शेष घले पुन बिजयी

इनेप्लिज २०७२ असोज २८ गते १८:३९ मा प्रकाशित

IMG_3409

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा अस्ट्रेलियाका शेष घले दोस्रो कार्यकालका लागि पुन निर्वाचित भएका छन् ।

घलेले बिहीबार राजधानीको सोल्टी होटलमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी टिबी कार्कीलाई पराजीत गरेका छन् lनिर्वाचन समितिका ले जनाए घलेले ८ सय ६७ मत प्राप्त गरेका छन् भने कार्कीले २ सय ६७ मत प्राप्त गरेका छन् ।

निर्वाचन हुनु अगाडी अध्यक्ष पदका अमेरिकाका उम्मेदवार रतन झाले उमेदवारी फिर्ता लिई घले लाई सहयोग गरेका थिए l दुई उपाध्यक्षमा क्रमस भवन भट्ट र कुमार प्रसाद पन्त बिजयी भएका छन् । भट्टले ५ सय ३८ र पन्तले ५ सय १३ मत पाएका छन् lत्यस्तै महासचिबमा बद्री केसी ५ सय ५५ मतका साथ विजयी भएका छन् l

कोषाध्यक्षमा नाईजेरियाका संस्थापक तथा अफ्रीकाका संयोजक हिक्मत थापा बिजयी भएका छन् भने सचिवमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएको समितिले जनाएको छ ।

hikmat thapa

यसै गरि एसिया संयोजकमा किरणविक्रम थापा, उपसंयोजकमा कृष्णप्रसाद पाण्डे र रोविन्द्रप्रसाद श्रेष्ठ विजयी भएका छन् । उता अमेरिका संयाेजकमा सोनाम लामा र उपसंयोजकमा आङछिरि शेपा विजयी भएक छन् l

यसै गरि मध्यपूर्व संयोजकमा डम्बरबहादुर क्षेत्री र उपसंयोजक धर्मराज गिरी र उमेश अधिकारी विजयी भएका छन् । यस्तै यूरोप संयाेजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए भने उपसंयाेजकमा दावा गाल्जे शेर्पा र प्रेमबहादुर गुरुङ विजयी भएका छन् l

arjun kumar shrestha nrn secretory from belgium

यसै गरि महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान विजयी भएका छन् lओसनिया संयोजकमा महेन्द्रकुमार लम्साल र उपसंयोजकमा रमेश जोशी विजयी भएका छन् भने अफ्रिका संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भएका छन् उपसंयोजकमा कुनै उम्मेदवारी नै परेको थिएन । यस्तै, युवा संयोजकमा विजय पोखरेल विजयी भएका छन् भने उपसंयोजक लोकराज शर्मा निर्विरोध निर्वाचित भएका छन् l

Bhaban

प्रतिक्रिया