चन्दा सङ्कलन गरेर शिव मन्दिर निर्माण

इनेप्लिज २०७२ असोज २८ गते ३:१२ मा प्रकाशित

इलाम, २८ असोज । स्थानीय बासिन्दाले चन्दा उठाएर बरबोटे–९ मा शिव मन्दिर निर्माण गरेका छन् । नवनिर्मित शिव मन्दिरको बुधबार श्रीकृष्ण प्रणामी कुञ्जका अध्यक्ष विश्वनाथ भट्टराईले उद्घाटन गर्नुभयो ।

करिब रु दुई लाख ३२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो । मन्दिर निर्माणका लागि स्थानीय बासिन्दाबाट रु एक लाख ९३ हजार ६९२ चन्दा सङ्कलन गरिएको थियो ।

कुञ्जका आजीवन सदस्यताबाट रु ७५ हजार, सदस्यताबाट रु १० हजार र पूजाबाट रु १० हजार ७१२ सङ्कलन भएको थियो ।

भूप्रसाद बजगाईंको अध्यक्षतामा मन्दिर उद्घाटनसँगै मन्दिर व्यवस्थापन समितिको पहिलो साधारणसभा पनि सम्पन्न भएको छ । साधारणसभाले मन्दिर निर्माणका लागि जग्गादान गर्ने तोयानाथ आचार्यको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा जीवन ढुङ्गाना, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा होमनाथ घिमिरे र कोषाध्यक्षमा हरिप्रसाद घिमिरे रहनुभएको छ । त्यस्तै सदस्यमा राधिका खनाल र दुर्गा ढुङ्गाना रहनुभएको छ ।

प्रतिक्रिया