शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:०३
वासिङटन डिसी 05:18

उपाध्यक्ष उम्मेद्वार क्षेत्रीका स्टार क्याम्पेनर राजेश हमाल

इनेप्लिज २०७२ असोज २७ गते २३:२२ मा प्रकाशित

12165861_10153292925699492_287636702_nएनअारएनकाे साताैं महाधिवेशनमा उपाध्यक्ष उम्मेद्वार खगेन्द्र क्षेत्रीलाइ जिताउन नेपाली चलिचत्रका महानायक राजेश हमाल खुलेर लागेका छन् । स्टार क्याम्पेनर राजेशकाे उपस्थितिले क्षेत्रीकाे चुनावी क्याम्पेन नै एनअारएन स्टार चुनावी क्याम्पेन हुन पुगेकाे छ ।

उनले सबैसँग उपाध्यक्षकाे एक मत चाँहि खगेन्द्र क्षेत्रीलाइ दिन अाग्रह गरेका छन् । उनले क्षेत्रीलाइ हाम्राे मात्र हैन, राम्राे उम्मेद्वार भएकैले अाफू चुनावी क्याम्पेनमा लागेका बताए । उनले पदका लागि पद हैन, काम गर्ने अवसर भनेर जुन चुनावी नारा बनाउनु भएकाे छ, त्याे नै मन छुने छ, नेपाली चलचित्रका महानायक राजेश हमालले भने ।

अाफू खगेन्द्र क्षेत्रीकाे चुनावी क्याम्पेनमा लाग्नुका पाँच कारणा रहेकाे बताउँदै उनले भने, पहिलाे कारण उहाँ सक्षम हुनुहुन्छ । अमेरिकामा एनअारएनलाइ संस्थागत गर्ने , दसाैं हजार सदस्य रहेकाे संसारकै सबैभन्दा ठूलाे एनअारएन एनसीसी बनाउने उहाँ नै हाे । दाेस्राे कारण, सधैं एउटै क्षेत्र, एउटै मान्छे मलाइ याे पनि ठीक लागेन । उहाँहरूले जे जति गर्नुभयाे , गर्नुभयाे । सधैंभरि उहाँहरू मात्र बस्ने, उहाँहरूले मात्र गर्ने भन्ने कुरा पनि त अाउँदैन। अरूले पिन माैका पाउँनु पर्याे । तेस्राे कुरा, अाजकाे युग समावेसिताकाे युग हाे, सबै क्षेत्रकाे क्षेत्रीय समावेसिता पनि हुनुपर्याे । अमेरिकालाइ प्रतिनिधित्व गर्न पनि उहाँ याेग्य उम्मेद्वार हाे ।

चाैथाे कुरा, उहाँकाे कानूनी पृषठभूमी । एनअारएनका लागि व्यवस्था गरिएकाे गैरअावासीय नागरितालाइ व्यवहारमा उतार्न कानुन बनाउन उहाँकाे याे पृष्ठभूमी । पाँचाैं कुरा उहाँका एजेण्डा पनि राम्रा छन्, संसदमा एनअारएनलाइ स्थायी पर्यवेक्षक बनाउने, एनअारएन एम्बेसडर एट लार्ज नियुक्त गर्ने, एनअारएन एनसीसी अध्यक्षलाइ अवैतनिक महावाणिज्यदूत बनाउने मलाइ मन परेका एजेण्डा हुन् ।

प्रतिक्रिया