दुर्घटनामा सात घाइते

इनेप्लिज २०७२ असोज २७ गते १४:१७ मा प्रकाशित

accident-signतनहुँ, २७ असोज । तनहुँमा बुधबार भएको दुई दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

जिल्लाको बन्दीपुर नगरपालिका–१ पानीट्याङ्की नजिक कार दुर्घटना हँुदा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार ग१च ३१६३ नम्बरको कार ब्रेकफेल हँुदा सो कारमा सवार छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा व्यासनगरपालिका–१ निवासी वर्ष ३१ का दीपक मजकोटी, सोही वडा निवासी वर्ष ३६ का विमल गुरुङ, व्यास–३ निवासी वर्ष २८ का फुल्ल गुरुङ, व्यास–२ निवासी वर्ष ३६ का तीर्थ गुरुङ, व्यास–१ निवासी वर्ष ३५ का निरु गुरुङ, वर्ष ६ का एलिस गुरुङ रहेका छन् ।

घाइतेमध्ये फुल्ला र तीर्थ गुरुङलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको घाँसीकुवा गाविस–८ स्थित छिर्कनेमा ना५ख ५५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान निवासी वर्ष १२ का प्रतिक्षा राना घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा राना सख्त घाइते भएका हुन् । उनको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया