शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:१७
वासिङटन डिसी 05:32

निवार्चन कार्यालयमा विस्फोट, सातको मृत्यु

इनेप्लिज २०७२ असोज २७ गते १४:१५ मा प्रकाशित

pakistan_map_kohatइस्लामाबाद, २७ असोज । पाकिस्तानको केन्द्रीय जिल्ला डेराघाजीमा रहेको निर्वाचन कार्यालयमा बुधबार भएको एक विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको समाचार छ ।

सो विस्फोटनमा परी अन्य एक दर्जन व्यक्ति घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । जिल्ला प्रहरी अधिकारी मुबासिर मैकानकाअनुासार सो आक्रमण राष्ट्रिय सभाका सांसद तथा पाकिस्तान मुस्लिम लिग नवाजका सदस्य अमजाद फारोक खोसालाई लक्षित गरेर गराइएको बताइएको छ ।
तर खोसाका अङ्गरक्षकका अनुसार आक्रमणको समयमा फोराक त्यहाँ नरहेकोले उहाँ बच्न सफल हुनुभएको समाचारमा जनाइएको छ ।

घाइते मध्ये तीन व्यक्तिको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । सो घटनको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।

प्रतिक्रिया