हराएको व्यक्ति मृत फेला

इनेप्लिज २०७२ असोज २७ गते १३:४० मा प्रकाशित

इनरुवा, २७ असोज । सुनसरी जिल्लाको प्रकाशपुर–४ बाट हराएका एक व्यक्ति आज मृत फेला परेको छ ।

प्रकाशपुर–४ का ५३ वर्षीय जितबहादुर थापा हराईरहेकामा आज प्रकाशपुर–७ स्थित कोसी नदी पारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पानीमा डुबेर वा आत्महत्या गरी मृत्यु भएको भन्ने विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया