शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०७:३९
वासिङटन डिसी 20:54

अबको राष्ट्रपति को ?

इनेप्लिज २०७२ असोज २७ गते ९:३५ मा प्रकाशित

rastrapatiकाठमाडौ, २७ असोज । नयाँ संविधान जारी भएर रुपान्तरित संसदको अधिवेशन सुरु भएको एक महिना भित्र मुलुकले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाई सक्नु पर्ने ब्यवस्थाका कारण दलहरु अहिले संविधान जारी भएपछिको पहिलो राष्ट्रपति र उपराष्ट्रपतिको खोजीमा ब्यस्त बनेका छन ।
१६ बुँदे सहमति हुँदाकै बखतमा काग्रेसले राष्ट्रपति, एमालेले प्रधानमन्त्री र एमाओवादीले सभामुख पाउने भद्र सहमति भएको बताईए पनि प्रधानमन्त्री निर्वाचनमा काग्रेसले आफ्नो उम्मेदवार दिएपछि कोर्स परिवर्तन भएको छ ।
सरकार निर्माण गरेका दलहरु काग्रेसले धोका दिएको निष्कर्स सहित काग्रेसलाई राष्ट्रपति नदिने निष्कर्स सहित एक खाले सहमति गरिसकेका छन । पछिल्लो सहमति अनुसार राष्ट्रपति एमालेको र उपराष्ट्रपति एमाओवादीको भागमा परेको छ ।
राष्ट्रपतिमा अहिलेसम्म चार वटा नामहरु चर्चामा रहेको छ । जसमा अहिलेका सभामुख सुवास चन्द्र नेम्वाङ, उपाध्यक्ष विद्यादेवी भण्डारी जो पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छ । अर्का दावेदार बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनाल र अर्का बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट लालबाबु पण्डितको नाम चर्चामा छ । तर ओली भण्डारी र नेम्वाङ्ग मध्ये एक जनालाई बनाउन चाहन्छन । स्रोतका अनुसार ओलीले भण्डारीको पक्षमा आन्तरिक सहमति गरिसकेका छन । उनले सत्ता साझेदार एमाओवादीसँग भण्डारीको नाम प्रस्ताव गरिसकेको बताईएको छ ।
अर्को तर्फ प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार खडा गरेको नेपाली काग्रेस पनि राष्ट्रपतिमा उम्मेदवार बनाउने योजनामा छ । काग्रेसबाट सभापति सुशील कोइराला र नेता केबी गुरुङ्ग मध्ये एकलाई पठाउने गरी आन्तरिक छलफल भईरहेको छ । सस्थापन पक्षका नेताहरु भने सभापतिलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने योजनामा छन ।
यता संविधान नमानेपनि यही संविधान अनुसार भएको प्रधानमन्त्री निर्वाचनमा काग्रेसको पक्षमा उभिएको आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि राष्ट्रपति पदमा उम्मेदवारीको तयारीमा छ । उसले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने तयारीमा छ । यसको लागि अहिले उसले काग्रेससँग छलफल गरिरहेको छ । यसअर्थमा काग्रेस र मोर्चाको संयूक्त उम्मेदवार हुने स्थितिको विकास भएको छ ।

प्रतिक्रिया