शनिबार, मंसिर २० २०७७
काठमाडौं ०२:४७
वासिङटन डिसी 16:02

More 1 of 7 अमेरिकाको टेक्सासमा दशैंकप भलिवल प्रतियोगिता हुने

इनेप्लिज २०७२ असोज २७ गते ३:४५ मा प्रकाशित

1444782126_volleybal(1)

विजयादशमी २०१५ को उपलक्ष्यमा अर्विङ भलिवल ग्रुपले दशैँकप भलिवल प्रतियोगिता गर्ने भएको छ । यही १८ तारेख आइतबार लिटल वियर पार्क यूलेशमा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा समुह दर्ताको लागि ९० डलर तोकिएको छ । अक्टोबर १७, २०१५ सम्म आयोजकहरु भीम थापा, भुवन आले र जीवा वुढासँग सम्पर्क गरी समुह दर्ता गराईसक्न आयोजकले अनुरोध गरेको छ ।

प्रतियोगितामा समुह दर्ताको लागि भीम थापाले मिडिया  लाई  जानकारी दिए अनुसार ६ ओटा टिमले सहभागिता स्वीकृत जनाएका छन् ।

विजयादशमीको अवसरमा खुसीयाली साटसाट गरी हर्षोल्लाससँग मनाउने हेतुले पहिलो पटक अर्विङ भलिवल ग्रुपले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक टीमले बताए ।

“दशैंको अवसरमा सबै साथीहरु भेला हुँदै मिलेर रमाईलो गरी दशैं मनाउने उद्देश्यले पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो” उनले भने, “यस्तो कार्यक्रमलाई अव निरन्तरता दिँदै जाने योजना छ ।”

प्रतिक्रिया