आमाबुबाको सम्झनामा दुर्गा भगवतीको मन्दिर निर्माण

इनेप्लिज २०७२ असोज २७ गते २:१५ मा प्रकाशित

दाङ, २७ असोज । यहाँका एक व्यवसायीले करिब रु २० लाखको लागतमा दुर्गा भगवतीको मन्दिर निर्माण गरी दिएको छ ।

दाङको तुलसीपुर–५ निवासी उत्तमकुमार श्रेष्ठले रु १९ लाख ९२ हजारको लागतमा स्वर्गीय आमाबुबा विष्णुदेवी श्रेष्ठ र भुवनेश्वर श्रेष्ठको सम्झनामा मन्दिर निर्माण गरी दिनु भएको हो ।
दाङको तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर हाताभित्र मन्दिर निर्माण गरी दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया