शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०८:१५
वासिङटन डिसी 21:30

चार धार्मिक अतिवादी जेल तोडेर भागे

इनेप्लिज २०७२ असोज २६ गते १:३९ मा प्रकाशित

बिसकेक, २५ असोज । किर्गिस्तानको राजधानी बिसकेकनजिकै रहेको एक कारागारबाट आइतबार राति चार धार्मिक अतिवादी जेल तोडेर भागेको समाचार छ ।

कारागार तोड्ने क्रममा तीन जना सुरक्षा गार्ड समेत मारिएका किर्गिज राज्य बन्दीगृह सेवाले सोमबार जानकारी दिएको छ ।

सोही क्रममा अन्य पाँच जना बन्दीहरुसमेत भागेका जनाएको छ । यद्यपि ती पाँच जनालाई पछि पुनः पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकाहरुमा एकजना घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको जनाइएको छ ।

बन्दीगृह सेवाकाअनुसार ती चार अतिवादीहरुमा धार्मिक अतिवादी र आतङ्ककारीसमेत रहेका थिए । ती मध्ये दुई जना जन्मकैदको सजायमा जेल परेका बन्दी हुन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया