बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:४७
वासिङटन डिसी 14:02

सर्वियामा भएको सोतोकान करातेमा नेपाललाई दुई कास्य

इनेप्लिज २०७२ असोज २५ गते २२:५५ मा प्रकाशित

boxingकाठमाडौँ, २५ असोज । सर्वियाको सुवोटिकामा सम्पन्न २३औँ एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसीप तथा आठौँ एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुँवरले कास्य पदक प्राप्त गर्न सफल भएका छन् । सोतोकान कराते डो सङ्घ (एसकेडियुएन सर्वियाको आयोजनामा भएको आठौँ कोहाइ (जुनियर) विश्व कपको १४–१५ वर्षको छात्र क्याडेट इभेन्टअन्तर्गत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान थापा मगरले बुल्गेरिया र रोमानियाका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए । थापा मगर सेमिफाइनलमा सर्वियाका खेलाडीसँग अङ्कका आधारमा पराजित हुँदै कास्य पदकमा चित्त बुझाउन बाध्य भएका हुन् । सोही प्रतियोगिताको १२–१३ वर्ष उमेरको मिनी क्याडेट इभेन्टअन्तर्गत ५५ केजी तौलसमूहको व्यक्तिगत कुमुतेमा रुपेश कुँवर पनि सर्वियाका खेलाडीसँग पराजित हुँदै कास्य पदक प्राप्त गर्न सफल भए । उनले पनि रोमानिया र बुल्गेरियाका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले सर्वियाबाट जानकारी दिनुभयो । रासस

प्रतिक्रिया