करणी मुद्दामा फरार आरोपित छ महिनापछि पक्राउ

इनेप्लिज २०७२ असोज २५ गते ३:५८ मा प्रकाशित

pakraauखोटाङ, २५ असोज । जबर्जस्ती करणी मुद्दामा फरार रहेका खोटाङका एक आरोपित छ महिनापछि पक्राउ परेका छन् । गत चैत–१ गते राति एक महिलालाई जबर्जस्ती आफ्नै कोठामा लगेर करणी गरेको मुद्दामा फरार रहेका जालपा–९ का ४६ वर्षीय भूमिराज राई पक्राउ परेका हुन् ।

पीडित महिलाको दाजुले दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको विशेष टोलीले उनलाई घरैबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

जिल्ला अदालतको आग्रहमा प्रहरीले राईलाई पक्राउ गरेर अदालतसमक्ष पेस गरेको छ । प्रतिवादी राईको नाममा वारेन्ट जारी गर्दै अदालतले पक्राउ गरेर आफूसमक्ष पेस गर्न प्रहरीलाई गत वैशाख ७ गते पत्राचार गरेको थियो ।

प्रतिक्रिया