सुरक्षित बचतको साधारण सभा

इनेप्लिज २०७२ असोज २३ गते १४:२९ मा प्रकाशित

s1
जुटपानी २३ असोज
चितवनको कालिका नगरपालिका अन्र्तगत जुटपानीमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव हरि भण्डारले प्रगति प्रतिवेदन,लेखा समिति संयोजक शिशिर सिंखडाले लेखा परीक्षण प्रतिबेदन तथा कोषाध्यक्ष लालुप्रसाद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य बसन्ती पौडेल,धेरै रकम बचत गर्ने विष्णु सुनार,सबै भन्दा बढि कारोवार गर्ने इश्वारराज विष्ट,जेष्ट शेयरसदस्यहरु खडानन्द ढकाल र टंकप्रसाद ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यका छोरोछोरीवाट एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका २ र संस्थागत विद्यालयका दुई जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य केशब बहादुर थापा प्रमुख अतिथि रहेको सो कार्यक्रममा उदयपुर सामुदायिक वनका अध्यक्ष केशब लामा,सिद्धि विनायक आमाविका प्राचार्य विष्णुमणि लामिछाने,संस्थाका सल्लाहाकार समितिका संयोजक इश्वर तिवारी,संस्थापक अध्यक्ष श्यामन्त मणि लामिछाने,शेयर सदस्यहरु विनोद रेग्मी,कृष्ण भट्ट,रिता अधिकारी लगायतले वोलेका थिए । संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सित्तलकाजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

s4

प्रतिक्रिया